कानून व्यवसायी र न्यायाधीस विच अन्तक्र्रिया

इनरुवा/नेपाल वार एसोसिएसन सुनसरी वार इकाइको आयोजनामा बिहिबार सुनसरी वारको सभाहलमा न्यायाधीश र कानुन व्यवसायीहरु विच अन्तत्र्रिmया सम्पन्न भएको छ ।
सुनसरी वारका अध्यक्ष प्रेमप्रसाद पोखरेलको सभापतित्वमा तथा सुनसरी जिल्ला अदालतका न्यायाधिश पुरुषोत्तम ढकालको प्रमुख आतिथ्यमा सम्पन्न सो अन्तक्र्रिया कार्यक्रममा भदौ १ गते देखि लागू भएका मुलुकी संहिताहरुका बारेमा छलफल गरिएको थियो । अन्तक्र्रिया कार्यक्रममा फैसला भएका मुद्दाहरु समयमा फैसला तयार हुनु पर्ने, एकै प्रकृति एकै अवस्थाको मुद्दामा हुने गरेका आदेशहरु एकरुपता हुनु पर्ने । नयाँ प्रकृतिका मुद्दाहरुमा अभ्यास गर्दा कानुन व्यवसायीहरुको सुझाव सल्लाह लिइनु पर्ने । अदालतको कर्मचारी व्यवस्थापनलाई चुस्त दुरुस्त राखिनु पर्ने, म्याद तामेल गर्दा स्पष्ट ठेगाना र मोवाइल नम्बर हुँदा समेत बेपत्ते तामेल हुने गरेको आदि विषय वस्तुहरु उपर छलफल भएको थियो ।
अन्तत्र्रिmया कार्यक्रमका प्रमुख अतिथि ढकालले मुलुकमा नयाँ कानुनको अभ्यास भै रहेकाले कानुनलाई व्यवहारमा उतार्न कानुन व्यवसायीहरुको सहयोग सुझाव लिएर सुधार गर्दै लैजाने बताए । कार्यक्रममा वरिष्ठ अधिवक्ताद्वय रामप्रसाद घिमिरे र अर्जुन मेहता अधिवक्ताहरु सुमन चन्द्र कार्की, शालिग्राम पाण्डे, राजु ढकाल, पूर्णबहादुर मेन्याङ्बो, पञ्चनारायण मण्डल, नवराज आचार्य, सौदागर साह, बलेन्द्र मेहता, गणेश पोखरेल लगायतले नयाँ कानुन र मुद्दाका बारेमा जिज्ञासा राखेका थिए ।
कार्यक्रममा अदालतको गरिमा बढाउने कार्यमा न्यायाधीश, र कानुन व्यवासायीमात्रको प्रयासले मात्र नहुने अदालतका कर्मचारी पनि उत्तिकै जिम्मेवार हुनु पर्ने सहभागीहरुको भनाइ रहेको थियो । सो कार्यक्रममा अधिवक्ता सुमनचन्द्र कार्कीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन सचिव शंकर पोखरेलले गरेका थिए  । कार्यक्रममा वरिष्ठ अधिवक्ताहरु अर्जुन मेहता, रामप्रसाद घिमिरे, जिल्ला न्यायाधीशहरु धर्मराज पौडेल, राजेन्द्र श्रेष्ठ, ध्रुव सापकोटा, नारायण दाहाल, शंकरबहादुर राई, खिमानन्द भुषाल, धु्र्रबकुमार उप्रेती, मणिराम न्यौपाने र श्रेष्तेदार नगेन्द्रकेशरी पोखरेलको उपस्थिति रहेको थियो ।   (श्रीजनमत साप्ताहिक वाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *