आगोले डढेर बालिकाको मृत्यु

उर्लाबारी÷मोरङको बेलवारी नगरपालिका–७ बाहुनीमा आगोले डढेर तीन वर्षीया बालिकाको आज मृत्यु भएको छ । बुधबार साँझ नवलकिशोर चौधरीको तीन वर्षीया छोरी निकिता चौधरी खेल्ने क्रममा घरमा बालेको कुपी बत्तीबाट आगो सल्किँदा गम्भीर घाइते भएकी थिइन् । घाइते बालिकालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकामा उपचारका क्रममा विहीवार बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक रामकुमार राईले जानकारी दिए ।   (श्रीजनमत साप्ताहिक वाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *