सुुनवर्सी नगरपालिका पर्यटकीय अभियानमा

कुुमोद अधिकारी
विराटनगर/मोरङको सुनवर्सी नगरपालिकालाई पर्यटकीय नगरको रुपमा विकास गरिने भएको छ । स्थानीय पर्यटन प्रवद्र्धन गर्न नगरपालिका क्षेत्रभित्र रहेका पर्यटकीय स्थलको पहिचान गरी त्यसलाई व्यवस्थित गर्ने अभियानमा नगरपालिका जुुटेको छ ।
भारतको सीमा जोडिएको सो नगरपालिकामा ५० भन्दा वढि पर्यटकीय स्थलहरु रहेका छन् । आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धनकालागि वजेट छुुट्याएर काम अगाडी वढाउन लागेको नगरपालिकाका मेयर कालिप्रसाद दासले बताए ।
नगरपालिका स्थित कमल पोखरी, झुमरीदेवी ताल, भेडुुवाथान, महाराजा थान तथा चन्दन खाडी लगायतका ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पर्यटकीय स्थललाई व्यवस्थित गर्न लागेको नगरप्रमुुख दासले बताए । यसैगरी वक्राहा खोलालाई व्यवस्थित रुपले तटवन्धका लागि समेत नगरपालिकाले वजेट छुुटयाएको जनाइएको छ ।
झुमरीदेवी तालको व्यवस्थापनका लागि प्रदेश सरकारले २० लाख रुपैयाँ विनियोजित गरिसकेको छ । साढे पाँच विघामा फैलिएको सो तालमा डुुंगा चलाउने गरी योजना बनाएइको सुुनवर्सी नगरपालिका वडा नम्बर ९ का वडा सचिव पदमविनोद घिमिरेले बताए। पहिलो चरणमा नगपालिका क्षेत्रमा रहेको धार्मिक महत्व बोकेका पर्यटकीय स्थलको विकास गर्ने जनाइएको छ । नगरक्षेत्रमा रहेका पर्यटकीय क्षेत्रलाई व्यवस्थित गर्न संस्कृति तथा पर्यटन विकास समिति गठन समेत गरिएको छ । श्यामकुुमार राईको अध्यक्षतामा गठन भएको समितिको सचिवमा विरेन राई छन् । १३ सदस्यीय समितिले पर्यटकीय स्थलको पहचान गरी त्यसको प्रवद्र्धनमा लाग्ने बताइएको छ । नगरपालिका पर्यटन क्षेत्रको विकासका लागि प्रदेश सरकार तथा संघिय सरकारसंग थप वजेट माग गरेको नगरप्रमुुख दासले बताए । यसैगरी नगरपालिकाले हरित नगर बनाउने गरी योजना अघि सारेकोछ ।

(श्रीजनमत साप्ताहिक वाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *