सरकारी वकिलको कार्यालय शिलान्यास

विराटनगर/महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले सरकारी वकिलको कार्यालय साधन सम्पन्न एवं व्यावसायिक रुपमा सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।
विराटनगर महानगरपालिका वडा नं ७ स्थित जिल्ला सरकारी वकिलको कार्यालय भवनको बुधवार शिलान्यास गर्दै उहाँले वर्तमान सरकार विकृति र विसङ्गतिविरुद्ध रहेकाले सोहीअनुरुप कार्यालय व्यावसायिक ढङ्गले सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
महान्यायाधिवक्ता खरेलले सरकारी वकिल कार्यालयलाई सुदृढीकरण र भौतिक साधन स्रोत सम्पन्न गर्नका लागि सरकारले कार्य गरिरहेको चर्चा गर्दै दक्षतासँग जोडिएका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
आगामी दुई वर्षभित्र सम्पन्न गर्ने गरी २१ कोठे अढाइतले उक्त भवन रु तीन करोड १० लाख ६० हजारमा निर्माण गरिने भएको छ ।  (श्रीजनमत साप्ताहिक वाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *