प्रहरीमाथि अभद्र व्यवहार

विराटनगर/मोरङको केराबारीस्थित जङ्गल क्षेत्रमा अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने स्काइभेटर र चालकलाई प्रहरीले पक्राउ गरी कारवाही गरेको छ । नदीमा अवैध तरिकाले उत्खनन् गर्न प्रयोग गरिएको ना १ क ७०९९ नं को स्काइभेटर र चालक पथरी नगरपालिका–२४ वर्षीय सन्तोष गिरीलाई अपराधसंहिता ऐनअनुसार कारवाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

यसैगरी, प्रहरीलाई हातपात तथा गाडी तोडफोड गर्ने तीन जनालाई कारवाही गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मोरङको कटहरीस्थित महेशपुरमा जाँच गर्ने क्रममा कटहरी गाउँपालिका–१ निवासी सुुवोधनारायण चौधरी, जोगलाल चौधरी र अन्तराम चौधरीले प्रहरीको टोलीसँग वादविवाद गरी हातपात गर्नुका साथै ना १ झ ९२० नंं को पिकअप गाडीमा ढुङ्गा प्रहर गरी क्षति पु¥याएको प्रहरीले जनाएको छ ।   (श्रीजनमत साप्ताहिक वाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *