पांच वटा वडा बालविवाहमुक्त

राजविराज/सप्तरीको सरुङ्ग नगरपालिकाका पाँच वटा वडालाई मङ्गलबार वडा बालविवाहमुक्त घोषणा गरिएको छ । सरुङ्ग नगरपालिकास्थित राप्रवि कदमहामा आयोजित घोषणा समारोहमा वडा नं २,४,६,७ र ८ लाई बालविवाहमुक्त घोषणा गरिएको हो । सबल नेपाल, सेभ द चिल्ड्रेन र जनचेतना दलित सङ्गमको सहयोग तथा सरुङ्ग नगरपालिकाको पहलमा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सेभ द चिल्डेूनका कार्यक्रम अरुण महतो, बलानबिहुल गाउँपालिकाका प्रमुख दयानन्द गोइत, नेपाली काङ्ग्रेसका नेता राम कमार, सेभ द चिल्ड्रेनका कार्यक्रम संयोजक रचना थापा, सबलका फिल्ड अधिकृत राधेश्याम राम, उपाध्यक्ष भूपेन्द्र साह, सरुङ्ग नगरपालिकाका–६ का लीलाकान्त चौधरी, ७ का देवेन्द्र चौधरी, ८ का वडाध्यक्ष इन्द्रदेव चौधरी र प्रशासकीय अधिकृत राजकुमार दासले सराहनीय कार्य भएको भन्दै शुभकामना व्यक्त गरे ।   (श्रीजनमत साप्ताहिक वाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *