‘न्यायालयलाई मर्यादित बनाउनु पर्छ

विराटनगर/महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले न्यायालयलाई मर्यादित बनाउने गरी काम गर्नुपर्ने बताएका छन् ।
विराटनगरमा वुधवार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारी वकिलको कार्यालयलाई विकृति, विसङ्गतिरहित एवं व्यावसायिक संस्थाका रुपमा अघि बढाउने कार्य शुरु गरिएको जानकारी दिए ।
महान्यायाधिवक्ता खरेलले सरकारले काम गरेबापत राष्ट्रसेवक कर्मचारीलाई सेवा सुविधा दिएकाले अनियमितता र भ्रष्टाचार न्यूनीकरण गर्नुपर्नेमा जोड दिए । उनले सरकारी सेवा सुविधा कम भयो भनेर गैरकानूनी काम गर्नेलाई कानूनअनुसार कारवाही हुने प्रष्ट पारे ।
महान्यायाधिवक्ता खरेलले सरकारले प्रदान गरेको सेवा सुविधाप्रति असन्तुष्टि भए माग गर्ने बाटो रहेको बताउँदै अनियमितता गर्ने कुरा कुनै हालतमा स्वीकार्य हुने छैन भने ।
उनले न्याय परिषदले भावी प्रधानन्यायाधीशका लागि यसअघि संसदीय सुनुवाइबाट अस्वीकृत भएका दीपकराज जोशीको बिषयमा सरकार र संसादको ध्यान जानेमा आफू विस्वस्थ रहेको बताए । न्यायपरिषदले भावी प्रधानन्यायाधीशका लागि जोशी र चोलेन्द्र समशेर राणाको नाम पठाएको थियो ।
महान्यायाधिवक्ता खरेलले ३ करोड १० लाखको लागतमा निर्माण हुने जिल्ला अदालत सरकारी वकिलको कार्यालयको भवनको शिलान्यास गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *