इटहरीमा तीन दिने खाद्य मेला हुने

इटहरी/इटहरीमा तीन दिने खाद्य मेला हुने भएको छ । परम्परागत, पोषिला एवम् स्थानीय खाद्य पदार्थको प्रवद्र्धन गरौं, असल पोषणका लागि खानेबानीमा सुधार गरौं भन्ने नाराका साथ तीन दिने खाद्य मेला हुने भएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको आयोजना तथा उद्योग वाणिज्य संघ इटहरी र घरेलु तथा साना उद्योग महासंघ सुनसरीको सह आयोजनामा हुन लागेको मेलाका विषयमा इटहरीमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराइएको हो । परम्परागत खाद्य पदार्थहरुको पौष्टिकताको महत्वका विषयमा जानकारी गराउने गरी मेला आयोजना गर्न लागेको आयोजक खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख प्रमोद कोइरालाले बताए मंसिर २१ गते देखि २३ गते सम्म इटहरीको जनता माध्यमिक विद्यालय परिषरमा मेला लगाइने समेत उनले जानकारी दिए । मेलामा होमस्टे, होटल, जातिय खानाका परिवार, खाद्य व्यवसाय, खाद्य उद्यमसंग सम्वन्धी मेशिनगरी, खाद्य प्रशोधनमा प्रयोग हुने रसायनका सप्लायर्स, खाद्य प्रविधिसंग सम्वन्धित शैक्षिक संस्थाहरुको स्टल रहने जनाइएको छ ।
स्टल राख्न तथा मेलामा प्रवेशका लागि कुनै शुल्क नलाग्ने समेत पत्रकार सम्मेलनमा जानकारी दिइयो । मेलाको आकर्षणका लागि सांस्कृतिक कार्यक्रमहरु समेत समावेश भएको खाद्य निरिक्षक शंकर न्यौपाने जानकारी दिए । खाद्य तथा सांस्कृतिक कार्यक्रमका कारण मेलामा उल्लेखीय सहभागिता हुने उद्योग वाणिज्य संघ इटहरीका कार्यवाहक अध्यक्ष शैलेश विष्टले बताए । मेला मदिरा रहित हने घरेलु तथा साना उद्योग महासंघ सुनसरीका अध्यक्ष राजेन्द्र केशरी घिमिरेले पत्रकारहरुलाई जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *