अरुको कम्पनी आफ्नो भनेर ठग्ने पक्राउ

विराटनगर/मोरङ जिल्लाको लेटाङ गाउँपालिका–३ निवासी ५५ वर्षीय गुणराज ओझालाई ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालयले बुधवार पक्राउ गरेको छ ।
ठगी गर्ने व्यक्तिले विराटनगरमा तीन जनाको घर बहालमा लिई तमोर मेवा जलविद्युत् आयोजना पब्लिक लिमिटेडको म केन्द्रीय अध्यक्ष एवं प्रबन्धक हुँ भन्दै केही मानिसलाई विभिन्न पदमा करारमा नियुक्ति दिई २०७४ साल चैत १ गतेबाट कार्यालयमा उपस्थित गराउनुभएको थियो । भर्ना भएका कर्मचारीलाई सरकारको तलब स्केल, खाजा खर्च र ५० प्रतिशत भत्तासमेत दिने भनेर प्रलोभनमा पारेका थिए ।
कार्यालयमा हाजिर भएर काम गर्दै आएका कर्मचारीलाई यो नयाँ कार्यालय हो मलाई कार्यालय सञ्चालन गर्न समस्या छ केही रकम सहयोग गर्नु भन्दै १५ जनाबाट रु चार लाख ९१ हजार सापटी लिएको र तलब पनि नदिएको कारण खुलाई गोविन्द भगतसहित १५ जनाको जाहेरीका आधारमा प्रहरीले ओझालाई गरेको हो । निजले अन्य व्यक्तिको नाममा दर्ता भएका कम्पनी आफ्नो हो भनेर ठगी गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।   (श्रीजनमत साप्ताहिक वाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *