सुनसरीमा कृषि बजार सञ्चालनको लागि १ करोड ३० लाख बजेट

इटहरी । सुनसरीको तीन स्थानीय तहमा कृषि बजार सञ्चालनमा ल्याइने भएको छ । इटहरी उपमहानगरपालिका, धरान, उपमहानगरपालिका, रामधुनी नगरपालिका र देवानगञ्ज गाउँपालिकामा कृषि बजार सञ्चालनकालागि कृषि तथा पशुपक्षी विकास मन्त्रालयले १ करोड ३० लाख बजेट विनीयोजन गरेको छ ।
सो मन्त्रालय अन्तर्गतको कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकरण प्रवद्र्धन केन्द्रले सुनसरीमा कृषि उपज बजारको निर्माण तथा सुधार कार्यको लागि १ करोड ३० लाख बजेट बिनियोजन गरेको हो ।
कृषि बजार निर्माण तथा सुधारको लागि इटहरी उपमहानगरपालिका–९ मा ४० लाख ,रामधुनी नगरपालिका–१ झुम्कामा ४० लाख, देवानगञ्ज गाउँपालिका–३ मा ३० लाख र धरान उपमहानगरपालिका–१३ मा २० लाख रकम बिनियोजन गरेको कृषि तथा पशुपक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीको सचिवालयका सदस्य शैलेन्द्र राजधामीले बताएका छन् । स्थानीय तहको सहभागितामा यस किसिमको बजार सञ्चालनमा ल्याइने मन्त्रालयले जनाएको छ । राज्यमन्त्री चौधरीले यसअघि आफ्नो गृह जिल्लाको स्थानीय तहका किसानहरुसँगको पटक–पटको छलफल कृषि बजार सञ्चालनको योजना अघि बढाउन लागिएको हो । राज्यमन्त्री रामकुमारी चौधरीले सुनसरीलाई कृषि क्षेत्रको नमूना जिल्लाको रुपमा विकास गर्ने बताउदै आएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *