लेडी जेसीजद्वारा सम्मान

इटहरी/इटहरी लेडिज जेसिजले आफनो १७ औं बार्षिक उत्सवको अवसर पारेर विभिन्न विद्याका दुई जनालाई सम्मान गरेको छ ।
स्थापनाको १७ औ वर्ष पार गरेको अवसर पारेर लेडिज जेसिजले आयोजना गरेको वार्षिक उत्सव, पिन वितरण तथा सम्मान कार्यक्रममा सञ्चारकर्मी सुप्रिया राई र असल गृहणीका रुपमा राधादेवी सरदारलाई सम्मान गरेको हो । सम्मानीत राई र सरदारलाई कार्यक्रमकी प्रमुख अतिथी डा. तारा काफ्लेले दोसल्ला र सम्मान पत्रले सम्मान गरेकी हुन् । सोही अवसरमा इटहरी लेडिज जेसिजमा आवद्ध महिलाहरुका विभिन्न तहको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने सन्ततीहरुलाई समेत सम्मान गरियो ।
इटहरी लेडिज जेसिजकी अध्यक्ष मिनु न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय जागृति क्लव इटहरीका अध्यक्ष सञ्जीव ढुंगाना, नेपाल रेडक्रस सोसाईटी इटहरी उपशाखाका सभापति विमल पौडेल लगायतको उपस्थिति रहेको थियो ।  (श्रीजनमत साप्ताहिक वाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *