पत्रकार महासंघको भवन व्यवस्थित गर्न उद्योगीले गरे आर्थिक सहयोग

विराटनगर/नेपाल पत्रकार महासंघ मोरङको भवनलाई थप व्यवस्थित गर्न आरति स्ट्रिप प्रालिले आर्थिक सहयोग गरेको छ । पत्रकार महासंघमा थप पूर्वाधार निर्माणका लागि महासंघले काम अगाडी बढाएपछि आरती स्ट्रिपले सहयोग गरेको हो । नेपाल पत्रकार महासंघले महासंघको भवनमा मंगलबार गरेको कार्यक्रममा आरती स्ट्रिपले सहयोग गरेको हो । कार्यक्रमा उद्योग संचालक समितिका उपाध्यक्ष सन्जिव शर्माले पत्रकार महासंघ मोरङ अध्यक्ष वन्धु पोखरेललाई दुई लाख रुपैयाको चेक हस्तान्तरण गरे ।
महासघंमा केहि भएपनि सहयोग पुगोस भन्ने उद्देश्यले सहयोग गरेको समितिका उपाध्यक्ष शर्माले वताए । कार्यक्रमा बोल्दै पत्रकार महासंघका अध्यक्ष वन्धु पोखरेलले महासंघको भवनलाई थप व्यवस्थित गर्न थप पूर्वाधारको निर्माणको काम शुरु गरिएकाले त्यसका लागि सवैलाई सहयोग पु¥याउन आग्रह गरे । कार्यक्रममा उद्योगका प्रशासकीय अधिकृत दिवश नेपालले औद्योगिक क्षेत्र संचालनका लागि पत्रकार जगतले गरेको सहयोग महत्पूर्ण रहेको चर्चा गरे ।   (श्रीजनमत साप्ताहिक वाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *