सबैभन्दा धेरै उपाधि जित्ने खेलाडी हुन् लियोनेल मेस्सी

बार्सलोनाका सुपरस्टार लियोनेल मेस्सीले आफ्नो खेल जीवनमा सयौं रेकर्ड बनाएका छन् । उनका कतिपय रेकर्ड त जो कोही खेलाडीलाई तोड्न असम्भवजस्तै छन् । हाल ३१ वर्ष पुगेका मेस्सी क्लब बार्सिलोनाको इतिहासमै सर्वाधिक धेरै उपाधि जित्ने खेलाडी हुन् भन्ने कुरा कतिलाई थाहा नहुन सक्छ ।

हो, मेस्सी बार्सिलोनाका लागि सर्वाधिक अवार्डधारी खेलाडी हुन् । सन् २००५ देखि बार्सिलोनाको सिनियर टोलीमा डेब्यु गरेका उनले आजसम्म क्लबका लागि अनेक रेकर्ड बनाउँदै जम्मा ३३ उपाधि जितेका छन् । यो उनले क्लबका लागि जितेका उपाधि संख्या हो, जहाँ उनको व्यक्तिगत अवार्ड जोडिएको छैन ।

१३ वर्ष बार्सिलोनाको सिनियर टोलीमा बिताएका मेस्सीले ३१ वर्षको उमेरमा ३३ उपाधि जित्दै क्लबको इतिहासमै सबै खेलाडीलाई धेरै उपाधि जित्नेमा पछि पारेका हुन् । मेस्सीले पछिल्लोपटक यो सिजन सुरु हुनुअघि स्पेनि सुपर कप जितेका थिए । सो उपाधि बार्सिलोनाले सेभिल्लालाई हराएर जितेको थियो ।

मेस्सीले बार्सिलोनाका लागि जितेका उपाधि :

ला लिगा – ९

युरोपियन च्याम्पियन्स लिग – ४

स्पेनिस सुपर कप – ८

स्पेनिस कोपा डेल रे कप –६

युइएफए सुपर कप – ३

फिफा क्लब विश्वकप –३

मेस्सीपछि धेरै उपाधि जित्ने अन्य खेलाडी :

पूर्वकप्तान आन्द्रेस इनिस्टा – ३२

जेरार्ड पिके – २८

सर्जियो बुस्केट्स – २८

पूर्वकप्तान जाभी – २५

Leave a Reply

Your email address will not be published. Required fields are marked *