कस्तो अचम्म ! कारजस्तै साइकल

पडराईड चार चक्का भएको इलेक्ट्रीक असिस्ट साईकल हो । यसलाई फेब्रिकको सेलले कभर गरिएको छ, जसलाई हेर्दा सानो कार जस्तै देखिने छ ।

उक्त साईकलले चालकलाई सबै किसिमको वातावरणिय जोखिमबाट जोगाउँछ । यसमा जडान गरिएको २५० वाटको इलेक्ट्रिक मोटरले २५ किलोमिटर प्रति घण्टाको स्पीडले साईकललाई चलाउँछ । यसमा प्रयोग भएको ब्याट्रीले ६० किमीसम्मको रेन्ज दिने जनाइएको छ । त्यो भन्दा बढि स्पीड र रेन्ज चाहिएमा खुट्टाले पेडल चलाउनु पर्छ । अगाडि पट्टी गाडीमा जस्तै दुईवटा लिड हेडलाईट र साईड लाईट दिइएको छ भने, पछाडि ब्रेक लाईट पनि राखिएको छ ।
यो साईकल सुइडिस डिजाइनर माइकल कियलम्यानले हिउदको समयमा चड्नका लागि आविष्कारक गरेका हुन् । तर यो पडराईड हिउदमा मात्र नभई सबै समयमा कामलाग्ने भएको छ ।
यो बाईक कच्ची बाटोमा, उकालो आरालोमा, आईस जमेको ठाँउमा समेत सहजै चलाउन सकिन्छ । माईकलले यो बाइक बनाउन धेरै वर्षसम्म बाइसाईकलको पार्टसहरु जम्मा गरेका थिए । उनले धेरैवटा प्रोटोटाइप बनाएर परिक्षण गरेका थिए ।
अब यो साईकल पूर्णत तयार भएको छ । यसमा एकजना आरामसँग बसेर चलाउने सिट दिइएको छ । अगाडि पट्टी गाडीमा जस्तै दुईवटा लिड हेडलाईट र साईड लाईट दिइएको छ भने, पछाडि ब्रेक लाईट पनि राखिएको छ ।
अगाडि सिसामा रहेको वाईपरलाई भने हातैले चलाउनु पर्ने हुन्छ । गर्मीको समयमा चलाउनका अगाडिको विन्डस्क्रिन थोरै खोल्न मिल्ने बनाइएको छ । यस साईकलमा सामान राख्नका लागि सिटमुनी स्टोरेज स्थानसमेत रहेको छ । अहिले यसको तौल ७० केजी रहेको छ भने, यसलाई १० देखि २० केजीसम्म घटाउने तयारी भैरहेको छ ।
पडराईड हाल क्राउड फन्डिङबाट प्रोटोटाइप बनाएर उत्पादनको फेजमा रहेको छ । उनिहरुले यसलाई यूरोपीयन बजारमा बिक्री गर्ने लक्ष्य बनाएका छन् ।
अमेरिकी र क्यानेडियन रेगुलेसनले चार पाङ्ग्रा र मोटर प्रयोग भएकोलाई बाईसाइकलको रुपमा मान्दैनन् । त्यसैले उक्त बजारका लागि तिन पाङ्ग्रे उत्पादन गर्ने लक्ष्य रहेको जनाइएको छ । (मेरोअटोबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *