मेयर कप महिला फुटबल प्रतियोगिता शुरु

भोजपुर/प्रथम मेयर कप महिला फुटबल प्रतियोगिता आइतवारदेखि भोजपुरमा शुरु भएको छ । प्रतियोगितामा छ टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा विजेता टोलीले नगद रु ५० हजार ट्रफी, पदक र प्रमाणपत्र तथा उपविजेताले पनि नगद रु ३० हजार ट्रफी, पदक प्रमाणपत्र पाउने जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीन सुवालले जानकारी दिनुभयो ।
आईतवार भएको पहिलो खेलमा मातृभूमि कृषि फर्मले टेम्केमैयुङ गाउँपालिकालाई ४–० ले पराजित गरेको र दोस्रो खेलमा भोजपुर नगरपालिका–१० भैँसीखाले रिमाचुङ स्पोटर्स एकाडेमीलाई २–० ले पराजित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *