नेतृत्व विकास सम्बन्धि तालिम

इटहरी/सुनसरीको इटहरी क्षेत्रमा सामाजिक गतिविधी गर्दै आएको लायन्स क्लव अफ इटहरी स्मार्ट सिटी र ग्रीन सिटीका आप्mना सदस्यहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले स्मार्ट सिटी र ग्रीन सिटीले इटहरीको इटहरी ब्याङ्गक्वीटमा संयुक्त रुपमा एक दिने नेतृत्व विकास सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
सामाजिक क्षेत्रमा सक्रिय रहदै आएका लायन्स क्लव अफ इटहरी स्मार्ट सिटी र ग्रीन सिटीका सदस्यहरुको क्षमता अभिवृद्धिका लागि कार्यक्रम आयोजना गरिएको हो । अभिमुखिकरण तालिममा लायन्स क्लव अफ क्यालिफोर्नियाका पास डिस्ट्रिक फोर सी थ्रिका राजेन थापाले सहजिकरण गरेका थिए । लायन्स क्लव अफ इटहरी स्मार्ट सिटीका अध्यक्ष राजेन्द्रकेशरी घिमिरेको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रममा लायन्स ३२५ ए वान एरिया कोडिनेटर टंककुमारी गुरुङ्ग, जोन चियर पर्सन उदयनारायण बराल, स्मार्ट सिटीका सल्लाहकार चण्डिका निरौला, ग्रीन सिटीका पूर्व अध्यक्ष सुकदेव घिमिरे लगायतका ४० जना वढीको सहभागिता रहेको थियो ।
खानेपानीको समस्या
राजविराज/सप्तरीको बोदेबरसाइनमा खानेपानीको समस्याले स्थानीय बासिन्दा अशुद्ध पानी पिउन बाध्य भएका छन् । सप्तरी सदरमुकाम राजविराजदेखि २० किलोमिटर पश्चिममा पर्ने उक्त ठाउँमा विगत लामो समयदेखि खानेपानीको अभाव भएको छ ।
सो बजार क्षेत्रलगायत आसपासका अधिकांश गाउँघरमा खानेपानीको ट्युबेलमा आइरनयुक्त पानी आउने गरेकाले शुद्ध पानी खानबाट बञ्चित भएको स्थानीय रोशन गोइतले गुनासो गरे ।
खानेपानीको उचित व्यवस्था नभएकाले यहाँका करीब ९० प्रतिशत ट्युबेलमा आइरनयुक्त पानी खान बाध्य छन् । जोगिया, बराहा, सारसर, नेङडा, धनगढी, काचन, देउरी, फुलकाही खडकपुर, मानराजा र लागपुरलगायत दर्जनौँ गाउँको ट्युबेलमा आइरनयुक्त पानी आउने गरेकाले शुद्ध पानी खानबाट ती क्षेत्रका बासिन्दा बञ्चित छन् ।
यस्तै जिल्लाको खडक नगरपालिकास्थित कल्यानपुरमा समेत खानेपानीको अभाव भएको छ । पूर्व(पश्चिम राजमार्गसँग जोडिएको कल्यानपुरमा खानेपानीको अभाव भएको स्थानीय वीरेन्द्र साहले बताए। पानीको मुहानसमेत सुक्न थालेपछि खानेपानीको अभाव भएको हो । सो क्षेत्रमा खानेपानीको काम शुरु नभएका कारण पनि त्यहाँका जनता खानेपानीबाट बञ्चित भएको उनले बताए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *