राज्यमन्त्री चौधरीद्वारा कृषि तालिम केन्द्र भवन उद्घाटन

झुम्का । सुनसरीको झुम्का स्थित क्षेत्रीय कृषि तालिम केन्द्र नवनिर्मित भवन कृषि तथा पशुपक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले वुधवार एक कार्यक्रमबीच उद्घाटन गरेकी छन् ।
२ करोड ३८ लाखको लागतमा उक्त भवन निर्माण गरिएको हो । सो अवसरमा राज्यमन्त्री चौधरीले १ नम्बर प्रदेशका कृषि कर्मचारी र किसानहरुको क्षमता अभिबृद्धि गर्न भवनले मद्दत पुग्ने बताइन् । किसानलाई आवश्यक प्राबिधिक तालिम दिएर दक्ष बनाउन सके मात्र कृषि उत्पादनमा वृद्धि गर्न सकिने राज्यमन्त्री चौधरीको भनाइछ । चेतना अभाव र प्रबिधि प्रयोग अहिलेको २१ औं शताब्दीमा पनि परम्परागत खेती गर्ने तरिकालाई बिस्थापन गर्न नयाँ–नयाँ प्रविधिक कृषि तालिमको आवश्यक पर्ने उनको जोड थियो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *