स्वदेशमा गुणस्तरीय दुग्धजन्य पदार्थ उत्पादनः राज्यमन्त्री चौधरी

काठमाडौं । कृषि तथा पशुपक्षी बिकास राज्यमन्त्री रामकुमारी चौधरीले विद्यालयका बालबालिकाहरुलाई शनिबार दुग्ध खुवाइन् । उनले तेस्रो विश्व स्कुल दुग्ध दिवसको अवसरमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै बालबालिकालाई धुग्ध खुवाएकी हुन् ।
नेपाल डेरी एसोसिएशन, दुग्ध बिकास संस्थान र केन्द्रिय पशुपक्षी पालन सहकारी संघको संयुक्त आयोजनामा उक्त कार्यक्रम भएको थियो । त्रिरतन विद्यायालमा भएको कार्यक्रममा सबै नेपाली बालबालिकाहरुले एक गिलास स्वच्छ दुग्ध खान पाउनु पर्ने कुरामा राज्यमन्त्री चौधरीले जोड दिइन् । दुग्धले साना नानीहरुको दिमागी क्षमता वृद्धि गर्न मदत गर्ने भएकोले यो पदार्थ अति आवश्यक भएको उनको भनाइ छ । तर, सीमान्कृत समुदायका बालबालिकाहरु यो अवसरबाट बन्चित रहेको उनको भनाइ थियो । अब छिटै नै प्राइभेट क्षेत्र, दुग्ध बिकास संस्थान र सरकार मिलेर सीमान्तकृत बालबालिकाहरुलाई नियमित दुग्ध खुवाउने व्यवस्था मिलाउने मन्त्री चौधरीले योजना सुनाइन् । त्यसको तयारीमा आफू जुटेको उनले संकेत गरिन् । उनले भनिन् –‘५देखि ६ ठाउँमा यो कार्यक्रम सञ्चालन गरिनेछ ।’ दुग्धमा १ नं. प्रदेश आत्मनिर्भर भए सङ्गै हाम्रो देश छिटै नै आत्मनिर्भर हुने बताइन् । स्वदेशमा बनेका दुग्धजन्य पदार्थ बाहिरबाट ल्याएका भन्दा धेरै नै गुणस्तरीय पाइएको उनको भनाइ थियो । डि.डि.सि.को घ्यू त झनै राम्रो रहेको उनले बताइन् । सीमा नाकाहरुबाट भित्रिएका दुग्धजन्य परिकारहरुमा धेरै नै मिसावट पाइएको र त्यसमा रोक समेत लगाउने मन्त्री चौधरीको भनाइ छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *