तिजमा ज्येष्ठ नागरिक सम्मान

गछिया/मोरङको सुन्दरहरैचा नगरपालिका वडा नंं ४ को प्रांगणमा बुधवार ज्येष्ठ नागरिक समाजको आयोजना साथै वडा कार्यालय ४ को सहयोगमा तीज विशेष तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम सुन्दरहरैचा नगरपालिका वडा नंं ४ का ज्येष्ठ नागरिक समाजका अध्यक्ष दुर्गा पोख्रेलको सभाध्यक्षतामा भएको थियो । कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैचा नगरपालिका वडा नंं ४ का वडाध्यक्ष शैलेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधहरुको आतिथ्य आसन ग्रहण रहेको थिायो ।
तिज विशेष कार्यक्रममा स्थानिय कलाकारहरुले तिज विशेष गित संगित गाएर तिज विशेष गितहरुमा नृत्य प्रस्तुत गरेर वृहत रुपमा उपस्थिति भएका महिला दिदी बहिनि तथा दाजुभाईहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । कलाकार भाईबहिनिहरुले तिज विशेष नाटकहरु पनि प्रस्तुत गरेका थिए भने भजन समूहहरुले विभिन्न तिज विशेष भजन संगिनिहरु प्रस्तुत गरि रमाईलो गरेका थिए । कार्यक्रममा वडामा रहेका सवैभन्दा वढि उमेर पुगेका ज्येष्ठ नागरिकहरुमध्ये ५ जनालाई सम्मान गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले तिज विशेष कार्यक्रममा शुभकामना मन्तव्य दिदै भने – हिन्दुहरुको महान चाड तिज पर्वमा आफ्ना जन्मघर, गाउँ छाडेर अन्त गएका महिला दिदीबहिनिहरुलाई आफ्ना माईतीघरमा आई यसरी कार्यक्रममा जमघट हुँदा अत्यन्तै हर्ष उमङ्गको अनुभुति महशुस भएको बताएका थिए । कार्यक्रममा विशिष्ट अतिथि र अतिथिहरुले समेत शुभकामना मन्तव्य दिएका थिए ।(टिका वि.क. वाट)

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *