‘ट्यालेन्ट शो’को भ्रममा बच्चामाथि ‘इमोशनल ब्ल्याकमेलिङ’ त भइरहेको छैन ?

अहिले तपाईंको बच्चा विद्यालयबाट फर्कदा उसको ब्यागमा ‘ट्यालेन्ट शो’को फारम पनि आइपुग्न सक्छ । तपाईंलाई लाग्छ, ‘आफ्नो बच्चालाई यस्तो प्रतियोगितामा सहभागी गराउनु पर्छ । यसले उनीहरुमा थप निखार आउन सक्छ । लुकेको प्रतिभा उजागर हुनसक्छ ।’ तपाईंको सोंच वेठिक छैन । आफ्ना बच्चालाई पढाईका अतिरिक्त यस्ता प्रतियोगितामा सहभागी गराउँदा उनीहरुले थप फल्ने–फूल्ने मौका पाउनसक्छ । तर, फारम भरेर पठाउनुअघि सर्तक हुनुहोस् ।
के छ फाइदा ?
शहरमा थुप्रै संस्था छन, जसले बालबालिकाका लागि भन्दै यस्ता प्रतियोगिता आयोजना गर्छ । बाहै्रमास । कतिले यसलाई ‘ट्यालेन्ट शो’ को आवरण लगाएका छन, कतिले यसलाई ‘व्युटी पेजेन्ट’को । यस्ता कार्यक्रम किन आयोजना गरिन्छ रु के उनीहरु वास्तवमै बालबालिकाको हितमा यस्ता काम गरिरहेका छन । खासमा ‘मिस नेपाल’ जस्तै ठूलो इभेन्टको नक्कल गर्दै यस्ता कार्यक्रम आयोजना गरिएको हो । नक्कल गरिए वा नगरिए पनि यसबाट बालबालिकाले एक हदसम्म फाइदा लिन सक्छ । कसरी फाइदा लिन सक्छ त ?

कसरी भने, यस्ता प्रतियोगिताको प्लेटर्फमबाट बच्चामा नेतृत्व क्षमता विकास हुन्छ । उनीहरुलाई बोल्न सिकाइन्छ, नेतृत्वको अभ्यास गराइन्छ । यसले उनीहरुमा वाककलाको विकास हुन्छ । आफुमा भएको प्रतिभा पनि उजागर गर्न सक्छन् । जस्तो कि, बच्चाहरु नाच्न सिपालु छन् भने उनीहरुलाई नाच्न लगाइन्छ । गाउन सिपालु भए गाउन लगाइन्छ । अभिनयमा रुची अभिनय गर्न लगाइन्छ । यावत् कुरा, जसले बालबालिकाको प्रतिभा उजागर गर्न सहयोग गर्छन, त्यस्ता कुरामा अभ्यास गराइन्छ । त्यसैले कुनैपनि प्रतियोगितामा बच्चालाई प्रोत्साहित गर्नु नराम्रो होइन । यसले उनीहरुको आन्तरिक विकासमा धेरै ठूलो सहयोग गर्छ । तर, यसका लागि तपाईंले त्यही संस्था वा इभेन्ट छनौट गर्न सक्नुपर्छ, जो वास्तवमै बच्चाको हकहितका लागि समर्पित छन् । जो बालबालिकाको सहयोग र सेवाको लागि विशुद्ध ढंगले खटिरहेका छन् । यस्ता इभेन्ट, जसले निष्पक्ष ढंगले बालबालिकाको क्षमताको मूल्यांकन गर्छ । र, सोही अनुरुप उनीहरुलाई उचित प्लेटर्फम प्रदान गर्छ ।
के त्यस्ता इभेन्ट छन् त ?
नेपालमा बालबालिकाको लागि ‘ट्यालेन्ट शो’, ‘ब्युटी पेजेन्ट’ आयोजना गर्दै आइरहेको संस्था वास्तवमै बालकालिकाको हितमा समर्पित छ त ? यहाँ अनेक–अनेक नामबाट यस्ता प्रतियोगिता आयोजना भइरहेका हुन्छन् । कहिले कुन प्रतियोगिता भयो भनेर हिसाव किताव राखेर पनि साध्य हुँदैन । यस्ता प्रतियोगिता गर्नेहरुवीच नै हानथाप चलिरहेको हुन्छ ।
यी प्रतियोगितामध्ये कुनै यस्ता प्रतियोगिता छैनन्, जसको नाम ढुक्कसाथ लिन सकियोस् । किनभने अधिकांशका लागि यो प्रतियोगिता आफ्नो धन्दा चलाउने माध्याम बनेको छ । आफ्नो रोजीरोटीका लागि नै यस्ता प्रतियोगिता आयोजना गरिरहेका छन् । त्यसैले यी इभेन्टहरु त्यती भरपर्दा र विश्वसनिय छैन ।
कसरी हुन्छ यस्तो प्रतियोगिता ?
यस्ता प्रतियोगिता कसरी आयोजना गरिन्छ त रु अक्सर यस्ता प्रतियोगिता गर्ने संस्थाहरु छन्, जसले एक होइन दुई होइन, बर्षमा चाररपाँच वटाभन्दा बढी इभेन्ट गरिरहेका हुन्छन् । यसको अर्थ के हो भने उनीहरुले इभेन्टको गुणस्तरमा होइन, संख्यामा जोड दिन्छन् । किनभने जति धेरै इभेन्ट आयोजना गर्न सकियो, मुनाफा पनि उत्तिनै आर्जन हुने हो । यसका लागि उनीहरुले एउटा–एउटा फरम भराउने गर्छन् । यसरी फारम भरेर आवेदन दिएसँगै निश्चित शुल्क पनि बुझाउनु पर्छ । अहिले यसका लागि विद्यालय निकै सजिलो माध्याम बनेको छ । शहरी क्षेत्रका औसत विद्यालयमा विद्यालय प्रशासनसँग मिलेर नै विद्यार्थीको हात–हातमा यस्ता फारम भराइन्छ । साथै विद्यालयमा यसको लागि विज्ञापन गरिन्छ ।
जब उनीहरु प्रतियोगितामा सहभागी हुन इच्छुक हुन्छन्, तब अडिसन लिइन्छ । अडिसनमा सामान्य प्रश्नोत्तर गरिन्छ । जतिले आवेदन दिएका हुन्छन, ति सबैलाई छनौट गरिन्छ ।
अब उनीहरुबाट निश्चित रकम माग गरिन्छ । जस्तो कि, जनही १० हजार, १५ हजार, २० हजार । यत्तिका रकम किन मागिएको भन्यो भने, तिनै बालबालिकाको ‘गु्रमिङको लागि’ भन्ने जवाफ पाइन्छ । अब बच्चालाई केही दिन र्रुयाम्पमा हिँड्ने अभ्यास गराइन्छ । उनीहरुलाई र्रुयाम्पमा कसरी हिँड्ने र के बोल्ने भन्ने कुरा पनि सिकाइन्छ । ‘ट्यालेन्ट शो’ राउन्डमा बच्चाहरुको रुची र क्षमता अनुसार नाच्न, भाषण गर्न, गाउन, अभिनय गर्न लगाइन्छ ।
अब उनीहरुलाई कुनै झकिझकाउ मञ्चमा उतारिन्छ । मञ्चमा उतार्नुअघि एउटा कुरामा कन्भेन्स गरिन्छ, टिकट विक्री गर्नुपर्ने । उनीहरुलाई उक्त कार्यक्रम हेर्न आउनका लागि टिकट बिक्री गर्न लगाइन्छ । जति धेरै टिकट विक्री गर्न सक्यो, उत्ति हौसला दिइन्छ । अब बच्चाले आफ्ना आमाबुबा, काका, काकी, दाजुभाई वा आफन्तलाई उक्त टिकट बेच्नुपर्ने हुन्छ । यसरी टिकट विक्रीबाट जम्मा भएको पैसा आयोजकलाई बुझाइन्छ ।
कार्यक्रम तामझामका साथ हुन्छ । बच्चालाई क्याटवक गर्न लगाइन्छ । केही रमाइला प्रस्तुतीहरु गरिन्छ । त्यसपछि आयोजकले केही निर्णयक राखेका हुन्छन् । निर्णयक सकेसम्म पत्रकार, कुनै कलाकार र कुनै दातृ संस्थाका अधिकारी हुन्छन् । उनीहरुले पूर्व तयारी गरेका प्रश्न सोध्छन् । बालकालिकाले माइक समाएर, स्टेजको अघिल्तिर उभिएर त्यसको जवाफ दिनुपर्ने हुन्छ । बच्चाहरुले प्रश्न हल गर्छन, जसरी स्कुलमा म्यामले सोधेको प्रश्नको उत्तर दिन्छन् ।
वास्तवमा कुनैपनि प्रश्नको जवाफ बालकालिकाले आप्mनै बुद्धि वा ढंगले दिने होइन । यसका लागि उनीहरुलाई कागजमा पहिलेदेखि नै प्रश्नउत्तर लेखाइएकोे हुन्छ र घेक्न लगाइएको हुन्छ । अब तपाईं आफै भन्नुहोस्, यसरी घोकाएको प्रश्नोत्तरले बालबालिकाको क्षमता कसरी जाँच हुन्छ । जबकी उनीहरुले यसलाई नै निर्णयक प्रश्न मानेको हुन्छ ।
घोकेको प्रश्नको जवाफ दिएएपछि उनीहरुमध्ये को तगडा वा को विनर भनी घोषणा गरिन्छ । अहिलेसम्म वाहिरिएको तथ्य अनुसार प्रतियोगीको क्षमता वा वौद्धिकताको मूल्यंकनबाट नभई पैसाको लेनदेनबाट यस्तो उपाधी तय गरिन्छ । त्यसैले कतिपयसँग सोझै र कतिपयसँग घुमाउरो ढंगले पैसाको माग गरिन्छ । पैसा दिएमा उपाधी जिताइदिने भनिन्छ ।
बालबालिकाको इमोशनल ब्ल्याकमेलिङ
आयोजकहरुको नियत फरक हुन्छ । तर, त्यस्ता कुरा अवोध बालबालिकालाई थाहा हुँदैन । उनीहरुले जतिसुकै जोड बल गरेपनि त्यसबाट न्यायोचित नतिजा नआउन सक्छ । यस्तो कुराले बालबालिकाको क्षमता विकास हुने होइन, बरु उनीहरु हतोत्साही बन्न पुग्छन् । आफुले राम्रै क्षमता प्रदर्शन गरेर पनि, आफुले सक्दो प्रयास गरेर पनि उपाधी नजित्दा उनीहरुलाई खल्लो लाग्छ । साथीभाईको अगाडि हिनतावोध पैदा हुन्छ । आफु असक्षम भन्ने कुराले उनीहरुलाई भित्र भित्रै पोल्छ ।
यसरी बालबालिकाको भावनामाथि खेलबाड गरिन्छ ।
यस्ता प्रतियोगिताको भित्री खेलबारे अभिभावकलाई थाहा हुँदैन । अबोध बालबालिकालाई थाहा हुने कुरै भएन । तर, यस्ता प्रतियोगिताको नियतमाथि शंका गर्नैपर्छ । हुनसक्छ, यसमध्ये पनि कतिपयले बालबालिकाको क्षमता विकासमा सघाउ पुर्रुयाएको । तर, धेरैजसोको धन्दा बालबालिकालाई भजाएर पैसा आर्जन गर्ने नै हो । यस्ता प्रतियोगितामा बालबालिकालाई सहभागी गराउनुअघि अभिभावक सर्तक हुनैपर्छ । किनभने यसले बालबालिकाको क्षमता विकास गर्ने होइन, बरु उनीहरुको भावनामाथि खेलबाड गर्न सक्छ । (स्वास्थ्य खवर वाट)

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *