जेसिस सप्ताह उद्घाटन तथा तीज विशेष कार्यक्रम सम्पन्न

गछिया/मोरङ्गको सुन्दरहरैचा नगरपालिका वडा नं. ७ गछिया चोकमा गछिया जेसिसको आयोजनामा बुधवार गछिया जेसिस सप्ताह उद्घाटन तथा तिज विशेष कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका सभाध्यक्ष गछिया जेसिसका अध्यक्ष मित्र प्रसाद दुलालको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रमको प्रमुख अतिथि सुन्दरहरैचा नगरपालिका उपप्रमुख धना तामाङको आतिथ्यमा भएको थियो भने कार्यक्रममा जनप्रतीनिधिहरु लगायत विभिन्न संघसंस्थाहरु समेतको आतिथ्य रहेको थियो । कार्यक्रममा गछिया जेसिसका महासचिव प्रदिप विष्टले सञ्चालन गरेको कार्यक्रममा जेसिसका कार्यकारीनी उपाध्यक्ष (इ.वि.पि.) मदन दाहालले जेसिसको कार्यक्रम वारे प्रकाश पारका थिए । कार्यक्रममा विभिन्न कलाकारहरुले आफ्नो कला प्रदर्शन गरेका थिए । कलाकार ढुर्मुस र माग्ने बुढाको नक्कल द्वारा दर्शकहरुलाई हसाँएका थिए । कार्यक्रममा लोक गायिका गंगा गौतमद्वारा विभिन्न तिज विशेष गित प्रस्तुत गरेर उपस्थिति दिदीबहिनीहरुलाई छम्छम् नचाएकी थिईन । भने जुपिटर इङ्लिस स्कुलका विद्यार्थीहरुले तिज विशेष नाटक प्रदर्शन गरेका थिए । यस्तै गरेर विभिन्न स्थानिय कलाकार भाईवहिनिहरुले तीज विशेष गितमा नाचेर मनोरञ्जन दर्शकहरुलाई प्रदान गरेका थिए । कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई दोसल्ला ओडाएर सम्मानपत्र द्वारा जेसिसले सम्मान गरेको थियो भने कार्यक्रममा प्रमुख अतिथि र अतिथिहरुलाई मायाको चिनो पनि दिएको थियो । कार्यक्रममा प्रमुख अतिथि तामाङले जेसिसले गरेको कामको शरहना गर्दै आफ्नो शुभकामना राखेकी थिइन भने कार्यक्रममा गछिया जेसिस संस्थापक दुर्गा घिमिरे, पुर्वाध्यक्ष लक्ष्मी न्यौपाने, जेसिस नीवर्तमान अमिष ढकाल, जनप्रतिनिधि वडा नंं ६ कि वडा सदस्य टुना कुमारी वि.क. वडा नं. ७ का वडाध्यक्ष चैतन्य प्रसाद सितौला लगायत अन्यले शुभकामना मन्तव्य दिएका थिए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *