हरितालिका तिज र नेपाली संस्कृति

एके देवान राई

हरितालिका(तिज) पर्व भाद्र शुक्ल तृतियाका दिन विशेष प्रकारले मनाइने गरिन्छ । त्यस्तै तिज पर्व विभिन्न भुभागमा बस्ने हिन्दु नेपाली महिला वर्गहरुले आ–आफ्ना तौर तरिकाले मनाउने गरिएको पाईन्छ । खास गरेर पर्व विवाहित महिलाहरु आफ्ना श्रीमानको दीर्घायु तथा सु–स्वास्थ्यका लागि निराहार उपासना (व्रत) बसेर मनाउने र अविवाहित महिलाहरुले असल श्रीमान प्राप्तिको हेतुले मनाउने गरिएको पाईन्छ ।
पौराणिक मान्यता अनुसार हरित(हरण)ंआलिका (संगिनीहरु) द्वारा लुकाइएर कन्दरामा यो उपासनाको पालना गरिएकाले हरितालिका भएको हो । त्यस्तै अर्काे मान्यता अनुसार हिमालयको छोरी पार्वतीको विवाह भगवान विष्णु सँग जवरजस्ती गर्न लागीएकाले पार्वतीका सखीहरुले उनलाई हरण गरी कसैले नदेख्ने गरी लुकाएको थियो । त्यहि हरण (अपहरित) गरिएको दिनलाई हरितालिका
(तिज) का रुपमा पर्व मनाउन थालिएको हो भन्न सकिन्छ । हिन्दु धार्मिक ग्रन्थ अनुसार हिमालयको छोरी पार्वती को विवाह भगवान विष्णुसँग गरिदिने बचन दिएको थियो । तर पार्वतीले यो कुरामा अस्वीकार गरेर उनी आफुले रोजेको वर प्राप्तिका निम्ति जंगलमा गएर भगवान महादेवको तपस्यामा लिन् भईन । उनको यो कठोर तपस्या कैँयौ वर्ष वित्दा पनि सफल हुन सकेन र उनीले शिव लिङ्ग स्थापित गरेर एक थोपा जल नपिईकन निराहार व्रत प्रारम्भ गरिन् । उनको यस्तो कठोर व्रतवाट प्रसन्न भई महादेव प्रकट भएर चिताएको पुगोस भनि वरदान दिए । यहि दिन भाद्र शुक्ल तृतिया परेकोले यही तिथिवाट यो तिज पर्वको प्रचलन बढेको हो । त्यसैगरी पार्वतीले आफ्ना पति महादेवको स्वास्थ्य तथा शरिरमा कुनै वाधा अवरोध नहोस भनि पहिलो उपासना गरेकी थिइन र त्यो दिन यही हरितालिका (तिज) पर्व परेकोले यसै दिनमा विवाहित महिलाहरु पति र अविवाहित महिलाहरु हुनेवाला पतिको स्वास्थ्यलाभको कामना गर्दै उपासना बस्ने प्रचलन छ ।
प्रसङ्गवश १ तिजको वारेमा अझ भन्नु पर्दा या पंक्तिकारले जानेबुझे अनुसार पर्वको अघिल्लो दिन व्रतालु महिलावर्गहरु मिठामिठा परिकारहरु सेवन गर्न गर्दछन् । भोलीपल्ट महिलावर्गहरु नुहाईधुवाई गरेर नयाँ वस्त्र लगाउने गर्छन । शिवपार्वती लाई चन्दन, अक्षता, वैवेध जस्ता सामानहरु अर्पण गर्दछन् । त्यसरी नै महिलाहरु, घर, मन्दिरमा गएर पूजा आजा समापन गरेर ति महिलाहरु एकत्रित भई नाचगान गरी रमाईलो गरिएको पाईन्छ । त्यस्तै हिन्दु महिलाहरु चौथीको दिन विहान तिज को व्रत समापन गर्दा पुर्णपात्र, गौदान गरिन्छ अनि तिज समापन गरिन्छ । कतिपय महिलाहरुले आफ्ना पतिको पाउको जल शिरमा लगाएर खाने चलन रहेको पाईन्छ । चौथीको दिन गणेशको पुजा गरिन्छ । भारतमा गणेश चौथी विशेष उत्सवका साथ माउने गरिन्छ । शास्त्र अनुसार यो तिज पर्व सँग सम्बन्धित छैन । यो वेग्लै पर्वको रुपमा मान्ने गरिन्छ । भाद्र शुक्ल पञ्चमीका दिन सप्तर्षि को पूजा गर्ने चलन रहेको छ । वैदिक धर्म शास्त्र अनुसार यो पञ्चमीमा रजस्वला भैसकेको महिलाहरुले व्रत वसेर सप्तर्षिको पूजा गर्ने चलन रहेको पाईन्छ । यो दिन महिलाहरुले आफु शुद्धिकरण का लागि २६५ दत्तिउनले दाँत माझ्ने र नदी वा जलाशयमा गएर स्नान गर्ने गरिएको पाइन्छ र सप्तर्षिको पूजा गर्दछन् । महिला रजस्वला हुँदा कुनै प्रकारका जुठो विटुलो भएको छ भने पनि क्षमा याचना स्वरुप सप्तर्षिको पूजाआजा गरेका पाइन्छ । अत ः महिलाहरु सप्तर्षिको पूजा गरेर समापन गर्दछन् । वास्तवमा हरितालिका (तिज) हिन्दु महिला बर्गहरुको प्रमुख पर्व मानिन्छ । खस(क्षेत्री), आर्य(व्राम्ह्ण) को मात्र पर्व नरही जनजाती, मधेशी वर्गहरुको पनि यो पर्व भएकोले उनीहरुले पनि पर्वमा रमाउन पाउनु नैसर्गिक अधिकार हो । तिज पर्व समावेशी पर्वका रुपमा मानिएकाले जातिका आधारमा दृष्टिपात नगरीकन सवै हिन्दु महिलावर्गहरुले एक समान रुपमा आपसी हातेमालो गरेर पर्व मनाउनु पर्छ भनि पंक्तिकारले आग्रह गरेको छ । तडकभडक, उत्ताउला तवरले पर्व नमनाईकन आपसमा सामिप्य बृद्धि हुने गरी मनाउन समस्त हिन्दु नेपाली महिला वर्गहरुमा वुद्धिमानी हुनेछ । जो कोहि महिलावर्गहरुले आफ्ना–आफ्ना हैसियत मुत्ताविक पर्वलाई अझ रौनकता थप्नु पर्छ । परम्परागत रुपमा मानिदै आएको यो पर्वको मौलिकपना लाई ह«ास हुनवाट जोगाउनुपर्छ ।
(लेखक अंग्रेजी शिक्षक हुन्)

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *