साना किसानले सर्वदलिय तिज मनायो

गछिया÷मोरङ्गको सुन्दरहरैचा नगरपालिकाको वडा नंं ६ को सर्वदलिय महिला समूहको आयोजनामा सोमवार साना किसान सहकारी संस्थाको सभाहलमा सर्वदलिय तिज विशेष कार्यक्रम २०७५ को भव्य रुपमा सम्पन्न भएको छ ।
कार्यक्रम विष्णुदेवी वस्तीको सभाअध्यक्षतामा भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि सुन्दरहरैचा नगरपालिकाकी उप–प्रमुख धना तामाङको आतिथ्यमा भएको थियो । कार्यक्रममा अतिथिहरु सुन्दरहरैचा नगरपालिकाको कार्यपालिका सदस्य उर्मिला रिजाल, सुन्दरहरैचा वडा नं. ६ का वडाध्यक्ष जिवन कुमार राई, वडा सदस्यहरु टुना कुमारी वि.क., रम्भिका माझी ,कृष्ण प्रसाद चापागाई, समाजसेवी , कमल अधिकारी, समाजसेवी धनेन्द्र अधिकारी, माइती नेपाल सुन्दरहरैचा नगर संयोजक नारायणी भण्डारी लगायत अन्य रहेका थिए । कार्यक्रममा तिजको दर खाएर तीजको गितमा विभिन्न कलाकारहरुले भव्य रुपमा नृत्य प्रस्तुत गरि तिज मनाएका थिए । कार्यक्रममा मोनिका लगायत समुहमा नृत्य प्रस्तुत गरेर कार्यक्रमलाई रोमाञ्चक बनाएका थिए भने कार्यक्रममा प्रमुख अतिथि र अतिथिहरुले तिजको गित गाएर शुभकामना मन्तव्य दिएर कार्यक्रमलाई समापन गरिएको थियो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *