राज्यमन्त्री चौधरीले दिइन् १० बुदे निर्देशन

काठमाडौं।कृषि तथा पशुपक्षि बिकास मन्त्रालयको रुपान्तरणको मार्ग चित्र २०७५ अनुगमन तथा सहजीकरण समितिको बैठक सम्पन्न भएको छ । उक्त बैठकको अध्यक्ष्यता राज्य मन्त्री रामकुमारी चौधरीले गरेकी थिइन् ।
मन्त्रालयको सभाहलमा आयोजना गरिएको बैठकमा मन्त्रालयको काम कारबाहीको समीक्षा पनि गरिएको छ । चुस्त दुरुस्त र परिणाममुखी बनाउन राज्य मन्त्री चौधरीको नेतृत्वमा अनुगमन तथा सहजीकरण समिति गठन भएको थियो । सो समितिको पहिलो बैठकबाट १० बुदे निर्देशन जारी भएको छ, जसले मन्त्रालयमा सुधार आउने अपेक्षा गरिएको छ ।
मन्त्रालयको ५८ बुदे मार्ग चित्रको कार्यान्वयन बारे उच्च पहलकदमीका साथ कार्यान्वयन गर्ने । भाद्र १३ गते सोही मन्त्रालयका मन्त्री मन्त्री जयुको अध्यक्षतामा बसेको बैठक २४ बुदे निर्देशन निर्णयलाई आत्मसात गर्न गराउन उच्च स्तरिय पहलकदमी लिने र कार्यान्वयन भएको नभएको अनुगमन गर्ने । पहिलो चौमासिकको कार्यक्रमहरुलाई छिटो छरितो तवरले गर्ने, गराउने । भएको नभएको अनुगमन गर्ने ।, सचिव,महाशाखा प्रमुखहरू, बिभगिय प्रमुखहरू, परियोजना प्रमुखहरु संस्थान र कम्पनी लि.प्रमुखहरूले नियमित रुपमा योजना अनुसारको काम भएको नभएको बारे रिपोर्टिङ गर्नु पर्ने लगायतका निर्णयहरु भएको छ ।
नियमित समीक्षा बैठक बस्दा अघिल्लो बैठक बसेर निर्णय ,निर्देशन भए गरेको कार्यहरुको समस्या, चुनौती, सम्भावना र उपलब्धिको लिखित रिपोर्टिङ गर्नु पर्ने । सबै तहका कार्यालय प्रमुखहरू कार्यालयमा १०ः०० बजे पुगिसक्नु पर्ने र ५ः०० बजे पछि मात्रै कार्यालयबाट बाहिरीने साथै आफू मातहतका कर्मचारीहरुलाई पनि सो निर्देशन, अनुगमन गर्ने र गराउने । सेवाग्राही कृषकहरुसँग विनम्र भएर प्रस्तुत हुने र आफू मातहतका कर्मचारीहरुलाइ निर्देशन दिने । किसानका गुनासाहरु धैर्यतापुर्वक सुन्ने, तुरुन्त हल गर्ने प्रयत्न गर्ने, गराउने । नसकेको आफुभन्दा माथिल्लो तहमा रिपोर्ट गर्ने । दिनहु जस्तो कृषि क्षेत्रमा, पशुपक्षि क्षेत्रमा किसानका समस्या हल गर्ने गराउने । खाद्य शुध्दता सम्बन्धि खाद्य पदार्थमा अखाद्य पदार्थ मिसावट रोक्न नियमित रुपमा अनुगमनलाई तिब्रता बनाउने मिसावट पाए कडा कार्वाही गर्ने गराउने ।, किसानहरुले पाउने रासायनिक मल, बीउ नियमित रुपमा आपूर्ति भएको नभएको, गुणस्तरीय सामाग्री भएको नभएको ,परिणाम बमोजिम भएको नभएको कडाइ साथ अनुगमन गर्ने । बैठकमा प्रमुख अतिथि मन्त्री चक्रपाणि खनाल (बलदेव) को बिशेष उपस्थित रहेको थियो भने सचिव, सहसचिवहरु, बिभागिय प्रमुखहरु, परियोजनाका प्रमुखहरु, संस्थान र कम्पनी लि.का प्रमुखहरुको उपस्थित रहेको थियो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *