भ्रष्ट कर्मचारीलाई मेयरले रंगेहात समाते

विराटनगर÷सेवाग्राहीसँग बढी रकम लिएर कम रकमको बिल काटेको आरोपमा विराटनगर महानगरपालिकाका एक कर्मचारी आइतबार रंगेहात पक्राउ परेका छन् । घरजग्गा कर बुझाउन राजश्व महाशाखामा आएका सेवाग्राहीसँग बढी रकम लिएर कम रकम उल्लेख गरी बिल काटेको आरोपमा महाशाखाका कर्मचारी तिलकमणी पोखरेल पक्राउ परेका हुन् । खरदार पदका कर्मचारी पोखरेललाई महानगरपालिकाका प्रमुख भीम पराजुली र वडा नम्बर ७ का अध्यक्ष मधुबाबु तिवारीले रंगेहात पक्राउ गरेका हुन् ।
सेवाग्राहीले वडा अध्यक्षसँग घुस मागेको गुनासो गरेपछि प्रमुख पराजुलीसम्म उजुरी पुगेको थियो । सेवाग्राहीको उजुरीपछि रकम बुझाउन लगाएर पोखरेललाई रंगेहात समातिएको प्रमुख पराजुलीले जानकारी दिए । पक्राउ परेका पोखरेलले सेवाग्राहीसँग घरजग्गा कर वापत बुझाउनु पर्ने ७३ हजार ५ सय ५५ रकम भन्दा बढी ११ हजार ४ सय ४५ रुपिँया बढी रकम लिएको पाइएको थियो । पोखरेलले सेवाग्राहीसँग ८५ हजार रुपिँया रकम बुझेर ७३ हजार ५ सय ५५ रुपिँयाको मात्र प्रमाणित बिल दिएका छन् । महानगरपालिकाका प्रमुख पराजुलीले घुस लिने कर्मचारी पोखरेललाई अख्तियारको जिम्मा लगाउने जानकारी दिए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *