भवन निर्माण संहिता पालना गर्न प्रशिक्षण

धरान÷भवन निर्माण संहिताको प्रभावकारी कार्यान्वयनको लागि स्थानीय सरकारका लागि आयोजना गरिएको प्रशिक्षण कार्यशाला धरानमा सम्पन्न भएको छ ।
दुई दिनसम्म सञ्चालन् भएको प्रशिक्षणमा जन प्रतिनिधिहरू नगरपालिकाहरुका गाउँपालिकाका प्रमुख, उपप्रमुख र राष्ट्रिय भवन निर्माण संहिता कार्यान्वयनमा प्रत्यक्ष संलग्न रहने अधिकारीहरू प्रशासकीय अधिकृत, नक्सापास शाखाका प्राविधिक प्रमुखको सहभागीता रहेको थियो ।
सो कार्यशालामा राष्ट्रिय भवन निर्माण संहिता प्रभावकारी कार्यान्वयन, नक्सापास प्रक्रियालाई अझ सरल,व्यवस्थित र प्रभावकारी बनाउने उपाय तथा शहरी विकास रणनीति, वस्ती विकास तथा भवन ऐनको कार्यान्वयनका बिषयमा छलफल भएको थियो ।
उक्त कार्यशालाले नगर तथा गाउँपालिकाहरुमा नयाँ बन्ने सम्पूर्ण घरहरुलाई भूकम्प प्रतिरोधी वनाउनका लागि भवन निर्माण इजाजत प्रक्रियाको विकास, कार्यान्वयन तथा उपयुक्त नियमन र नियन्त्रण प्रणालीको विषयमा सबै स्थानीय सरकारहरूको बुझाइमा एकरूपता प्रदान गर्न र नगरपालिकाहरुका योजनामा विपद् जोखिम न्यूनीकरणका गतिविधिहरुलाई समावेस गर्न सहयोग पु¥याउने अपेक्षा गरिएकोे छ ।
कार्यक्रमको समापान गर्दै बिभिन्न वक्ताहरुले भवन निर्माण संहिता कार्यन्वयन र कार्याशालाको बारेमा आफ्नो धारणा राखेका थिए । प्रदेश नं.१ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतबहादुर कार्कीले स्थानीय निकायको जनताका दैनिका समस्या सरोकार राख्ने सरकार भएको भन्दै विपद् ब्यावस्थापनको क्षेत्रमा पनि प्रत्यक्ष भूमिका रहने बताए । उनले विपद् व्यवस्थापनको बिषयमा पनि प्रदेश सरकारले पनि नीतिगत लगायत बजेटमै ब्यवस्था गरी यो बर्ष ठोस कदम चाल्न लागेको बताए । दमक नगरपलिकाका मेयर रोमनाथ ओलीले स्थानीय निकायले योजना निर्माण तथा वस्ति विकासको सन्दर्भमा दुरदृष्टि राखेर काम गर्नु पर्ने बताए । त्यस्तै जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर शाहले आफू मेयर निर्वाचित भएपछि सुरक्षित निर्माणको सम्बन्धमा योजना बनाएर अघि बढेको बताए । मिथिला नगरपािलकाका मेयर हरिनारायण महतोले दुई दिने प्रशिक्षण कार्यशाला उपलब्धीमुलक रहेको भन्दै भवन निर्माण संहिता को कार्यान्वयनको पक्ष इन्जिनियरले मात्र नभएर राजनीतिक नेतृत्वले थाहा पाउनु पर्ने बिषय भएको बताए । भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट)का कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले नगरपाािलकाहरुले आफ्नो क्षेत्रमा घर निर्माण हुने दर अनुसार प्राविधिक जनशक्ति राखेर जनतालाई सेवा दिनुपर्नेमा जोड दिए ।
कार्यशाला प्रशिक्षणमा प्रदेश नं १, २ र ३ का धरान, इटहरी र जनकपुर उपमहानगरपाािलकाहरु तथा फिदिम, धनकुटा, दमक, मिथिला, बर्दिवास र मन्थली नगरपालिकाहरु र कमल गाउँपालिका प्रतिनिधि तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र शहरी विकास तथा भवन निर्माण विभागको मार्गनिर्देशन साथै धरान उपमहानगरपालिकाको र भूकम्प प्रविधि राष्टिूय समाज नेपाल (एनसेट) को आयोजनामा उक्त प्रशिक्षण कार्यशाला गरिएको हो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *