बृद्धाश्राममा तीज विशेष कार्यक्रम

इटहरी÷समाजसवी श्याम तथा सञ्जीव दुलालको आर्थिक सहयोगमा जनचेतना संस्था इटहरीले रामजानकी शान्ति बृद्धाश्रममा रहनु भएका जेष्ठ नागरिक महिलाहरुलाई तीज पर्वको अवसरमा श्याम दुलाल सीला गजमेर लगायतले मिठो परिकार खुवाउने र नयाँ लत्ताकपडा उपलब्ध गरेर खुशीयाली साटासाट गर्नु भएको थियो ।
उक्त अनाथाश्रममा ९६ बर्षीया लिलावती चौधरी, फूलावती चौधरी, जसोमति गामी, मेनुका लुईटेल, फुटी महतो, गोमा गिरी र इन्दिरा सुवेदी तथा आश्रमकी भान्से मञ्जु गौतम लाहिख विश्वकर्मालाई तीजको मिठो परिकारसँगै उनीहरुलाई नयाँ लत्ताकपडा समेत प्रदान गरिएको छ । आश्रम रहेका सवैलाई स्वच्छ पिउने पानीसँगै फलफूल लगायतका वस्तु समेत उपलब्ध गरेको जानकारी दिनुहुँदै जनचेतना संस्थाकी अध्यक्ष सीला गजमेरले हरेक बर्ष समाजसेवा कार्य अन्तर्गत आफुहरुले केही न केही मानवीय सेवाका कार्य गर्ने कार्य अन्तर्गत यो कार्य गरेको बताउनुभयो । यसैगरी गणेश निरौलाको परिवारले पनि आफ्नो स्वर्गीय पीता हरिचरण निरौलाको आत्मका चीर शान्तिको कामनासँगै पितृ मोक्ष होस भन्ने कामना सहित सोही आश्रमका बृद्धाहरुलाई तीजको विशृष भ ोज तयार गरेर खुाउने कार्य गरेको जानकारी दिनुभयो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *