पार्टीमा सुुधारको आवश्यक छ ः नेता घिमिरे

नेपाली कांग्रेसपार्टीलाई समय अनुुकुुल परिमार्जनगर्दै जानुुपर्नेमा वक्ताहरुले जोड दिनुु भएको छ । विपि कोइरालाको १०३ औ जन्मजयन्तीको अवसरमा मोरङको रंगेलीमा आज आयोजित विचारगोष्ठिमा वोल्दै उहाहरुले प्रादेशिक संरचना अनुुसार कांग्रेसलाई परिमार्जित गर्दै पार्टीभित्र सुुधार आवश्यक रहेकोमा उहाहरुले जोड दिनुुभयो ।
कार्यक्रमा वोल्दै नेपाली कांग्रेस केन्द्रिय सदस्य गुुरुराज घिमिरेले आगामी दिनमा कांग्रेस सस्कत र एकतावद्ध भएर अघि वढने वताउनुुभयो । उहाले विगतका निर्वाचनमा कांग्रेसले आफनै कारणले पराजित भएको भन्दै अव कांग्रेस संसक्त भएर नया ढंगवाट अघि वढने उल्लेख गर्नुुभयो । युुवा नेता घिमिरेले विपी कोइरालाको विचार र सिद्धान्त आजपनी उतिकै सान्धर्भिक भएकाले उहाले देखाएको वाटोलाई कांग्रेसले विर्सन नहुुनेमा जोड दिनुुभयो । अर्का केन्द्रिय सदस्य अमृत अर्यालले नेपाली कांग्रेस मधेश र मधेशी जनताको पंक्षमा रहेकाले आगामी निर्वाचनमा कांग्रेस पहिलो पार्टी वन्ने दावी गर्नुुभयो । उहाले पार्टीका नेता तथा कार्यकर्ता लाइ गाउगाउमा गएर जनताको भावना अनुुसार कामगर्न आग्रह गर्नुुभयो ।
नेपाली कांग्रेस रंगेली नगर सभापती जगरनाथ मण्डलको सभापतित्व भएको कार्यक्रममा पुुर्वमन्त्री दिलिप गच्छदार कांग्रेस नेता गयानन्द मण्डल,फुुलकुुमार लालवानी मोरंग कांग्रेस सचिव मोदराज घिमिरे तथा युुवा नेता मदन संग्रौला,राम नारायण मण्डल, सुुमन कुुवर मंगलचन्द अग्रवाल, तरुणदल मोरङ सभापती प्रभावकर थापा पुुर्व सांशद आसा सरदार वुुथसभापती सलिम मिया लगायतले कांग्रेसले विपिको सिदान्त र विचार लाई आत्मसाथ गर्नुुपर्नेमा जोड दिनुु भएको थियो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *