गोल्डकपको उपाधी शान्तिनगर फुटबल क्लबलाई

झुम्का÷सुनसरीको रामधुनी ७ पञ्चायनमा सम्पन्न प्रथम पञ्चायन गोल्डकप फूटबल प्रतियोगिताको उपाधी शान्तिनगर फुटबल क्लव तरहराले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा शान्तिनगरले एभरेष्ट फुटवल क्लव बराहालाई २–० गोल अन्तरले पराजित गर्दै उपाधी जितेको हो । बिजयी टिम शान्तिनगरका लागि उमेश राई र किरण राईले एक–एक गोल गरे । उपाधी बिजेता शान्तिनगरले नगद ५१ हजार सहित ट्रफी पाएको छ । उपबिजेतामा सिमित भएको एभरेष्ट फूटबल क्लबले नगद ३१ हजारमा चिक्त बुझाएको छ ।
बिधागत तर्फ प्रतियोगिताको उत्कृष्ट खेलाडी शान्तिनगरका उमेश राई घोषित हुदै नगद २५ सय र ट्रफी हात पारे । यस्तै राइजिङ प्लेयरको उपाधी आयोजकका अजित चौधरीले हात पार्दै नगद ३१ सय पाए । यस्तै उत्कृष्ट फरवार्ड आयोजकका अनिशराज धामी, उत्कृष्ट मिडफिल्डर एभरेष्टका रोशन भुजेल, बेस्ट डिफेन्स शान्तिनगरका रुपेश भुजेल, बेष्ट किपर शान्तिनगरका सन्जिप श्रेष्ठ घोषित भए । फाइनल खेलको म्यानअफ द म्याच शान्तिनगरका उमेश कार्की घोषित भए । उनीहरु सबैले जनही नगद ११ सय सहित ट्रफी पाए ।
बिजेता तथा उपबिजेता टिमलाई रामधुनी नगरपालिकाका मेयर जयप्रकाश चौधरी, स्थानीय समाजसेवी उपेन्द्र कटुवाल, एन्फा सुनसरी अध्यक्ष केशव कार्की लगायतले पुरस्कार प्रदान गरे । स्थानीय पञ्चायन क्लबको खेल मैदानमा भदौ १६ गते देखी सुरु भएको प्रतियोगितामा सुनसरी र मोरङका ८ टिमको सहभागिता रहेको थियो । पञ्चायन सामुदायिक वनको मुख्य प्रायोजन र सुनसरी सामुदायिक वन र कुमरखत सामुदायिक वनको सहप्रयोजनमा प्रतियोगिता सम्पन्न भएको हो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *