अपाङ्ग चेलिबेटी महिला तीज विशेष समारोह

इटहरी÷नेपाल अपाङ्ग चेलिबेटी महिला समाज इटहरीले अपाङ्गता भएका महिलाहरु तथा पुरुषहरुलाई समेत समाजमा शीर ठाडो गरेर बाँच्न पाउने अधिकारको ग्यारेण्टी हुनु पर्ने कुरामा जोड दिएको छन् ।
नेपाल अपाङ्ग महिला चेलिवेटी समाजले इटहरी–१ मा आयोजना गरेको तीज विशेष कार्यक्रमका वक्ताहरुले. त्यस्तो विषयमा जोड दिनुभएको हो ।
उहाँहरुले जन्मदै वा जन्मिसकेपछि मानिसहरुले विविध कारणले अपाङ्गता वा अशसक्तताको समस्यासँग झुध्नु पर्ने बाध्यात्मक स्थिति सिर्जना हुने भएकाले त्यस्तो परिस्थितिमालाई कसैले पनि विभेदको भावनाले प्रेरित भएर कार्य गर्नु भनेको नै अमानवीय कार्य भएको कुरामा पनि वक्ताहरुले जोड दिनुभयो ।
उक्त कार्यक्रममा शारिरीक विकलाङ्ग महिला मञ्जु बस्नेतसँग बैवाहिक जीवन विताएर अत्यन्तै उच्च ब्यवहार गर्नु भएका कमलप्रसाद दाहालको जोडीलाई सम्मान गरिएको छ । इटहरी उपमहानगरपालिकाको उप मेयर लक्ष्मी गौतमले उहाँहरुलाई सम्मान गर्नुहुँदै मावन जीवनको उकाली र र ओरालीमा असल भावनाले परिवारमा रहनु पनि मावनताको उच्चतम न्यायिक कार्य भएको कुरामा जोड दिनुभयो ।
समाजकी अध्यक्ष दलकुमारी राईको अध्यक्षतामा भएको उक्त कार्यक्रममा रमेश पोख्रेल सुरेन्द्र राई, लीला भुजेल दिपकला राई लगायतले बोल्नुभएको थियो । उक्त तीज विशेष कार्यक्रम युनाईटेड मिशन टु नेपालको सहयोगमा सम्पन्न गरिएको थियो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *