सरसफाई कार्यक्रम २०७५ सम्पन्न

गछिया÷मोरङ्गको सुन्दरहरैचा नगरपालिका वडा नं. ४ को समन्वय तथा वडा बाल सञ्जाल सुन्दरहरैचा ४ को आयोजनामा शनिवार सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका सभाध्यक्ष वडा वाल सञ्जालका अध्यक्ष मदन भण्डारी रहेका थिए भने प्रमुख अतिथि सुन्दर हरैचा नगरपालिका वडा नं. ४ का वडाध्यक्ष शैलेन्द्र श्रेष्ठ रहेका थिए । कार्यक्रममा राधेश्याम सेवा ट्रस्ट नयाँ वृन्दावन गौशला संस्थापक संरक्षण दिनबन्धु साश्त्री जी महाराज साथै सुन्दरहरैचा नगरपालिकाको नगर वाल संरक्षणका अध्यक्ष टेकराज तिमलसिना लगायत वडाका प्रमुख व्यक्तित्वहरु वाल क्लवहरु, विद्यालयहरु समेतको उपस्थित रहेको थियो । सरसफाई कार्यक्रम दुलारी चोकबाट सुरु गरि वृहत सरसफाई कार्यक्रम अगाडि वढ्दै बलिया चोक सम्म पुगि कार्यक्रम सम्पन्न भएको थियो । साथै कार्यक्रममा वडा कार्यालयले वडाका टोल विकास संस्थाहरु विद्यालयहरु र ज्येष्ठ नागरिक समाजलाई समेत ५६ थान डस्विन वितरण गरिएको र थप अरु वितरण गर्ने समेत वडा अध्यक्ष शैलेन्द्र श्रेष्ठले कार्यक्रममा बताएका थिए । (टिका वि.क. वाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *