सडक अबरोध हटाउने उपमहानगरको प्रसंसनिय कार्य

इटहरी उपमहानगरपालिकाले आप्mनो क्षेत्र भित्र पूर्व पश्चिम राजमार्गको अबरोध हटाउने कार्यको थालनी गरेको छ । सडकको विचभागलाई केन्द्र विन्दु मानेर उत्तर दक्षिण दुवै तर्फ साढे बयासी फिट सडक भित्र बनेका संरचना, टहरा, ढिस्कोहरु हटाएर सडक खुला राख्ने कार्यलाई सबैले मुक्त कण्ठले प्रसंसा गरेकाछन् । इटहरीका खोला, पैनी, पोखरी लगायत पानी निकास हुने माध्यमहरुमा घर बनाएर सबै मिच्ने कार्य भएको छ । हुँदा हुँदा अब सडक मिच्न थालिएको छ । इटहरी उपमहानगरपालिकाले पुर्व बुढीखोला देखि सडकमा भएको अबरोधहरु हटाउन सुरु गरी टेंग्रा खोला सम्म आएको छ । विगतमा पनि इटहरी उपमहानगरपालिकाले यस्ता अबरोधहरु हटाउँदै आएको हो तर विगतमा विभेदकारी ढंगले काम गरिन्थ्यो । अब उपमहानगरपालिकामा जनप्रतिनिधिहरु आएकाछन् विना विभेद सडक खाली गरिन्छन् अर्थाँत सडकमा भएका अबरोधहरु हट्छन् भन्ने जनताले विस्वास गरेकाछन् । इटहरी उपमहानगरपालिकाको सडक अबरोध हटाउने कार्यलाई जनताले नजिक बाट नियाली रेहकाछन् । सडक अबरोध हटाउने नै हो भने इलाका प्रहरी कार्यालय अगाडीको टीनको छाना भएको सेड हटाउनु पर्छ, इप्रका अगाडी सडक अबरोध हुने गरि फूल रोपेर पूmलको संरक्षणकालागि बनाइएका सिमेण्टका ढिस्काहरु हटाइनु पर्छ । प्रहरी कार्यालयले नै सडक अबरोध हुने गरी सडकमा फूल रोपेर पुष्प बाटिका बनाउने, सेड बनाउने कार्य गर्न भएन प्रचलित नेपाल कानुनमा प्रहरीले सडक अबरोध गरेर जहा जे पनि बनाउन पाउने भन्ने कही कतै उल्लेख भएको पाइदैन । यसर्थ सर्व प्रथम सरकारी निकाय त्यसमा पनि जनताको जीउ, ज्यान र सम्पत्तीको सुरक्षाको जिम्मेवारी पाएको प्रहरीेले ऐन कानुन मिच्नु हुँदैन सर्व प्रथम प्रहरीले ऐन कानुन पालना गरेर जनतालाई सभ्यता सिकाउनु पर्छ । प्रहरीले जहाँ पायो त्यहाँ बोर्डहरु राख्नु हुँदैन तर खेती खोला पुर्व ट्राफिक प्रहरीले हर्न निशेधित क्षेत्र आदी बारेमा संदेश दिन राखिएको बोडले सडकलाई पुरै अबरोध गरेको छ । साइनबोर्ड , होडिङबोर्ड राख्दा सडक अबरोध हुने गरि राखिनु हुखैन भन्ने कुरा जनताले ट्राफिकलाई सिकाउनु पर्ने हो वा ट्राफिकले जनतालाई सिकाउने हो खेती खोला पुर्व तर्फ राखिएको बोर्डले प्रष्ट पारेको छ ।
इटहरी उपमहानगरपालिकाले सडकमा भएको अबरोध हटाउने क्रममा यसरी प्रहरी कार्यालयबाटै भएको अबरोध हटाउन सक्छ सक्दैन यो जनताले नियाली रेहकाछन् । यस अघि (करिव १० वषर््ाअघि)इलाका प्रहरी कार्यालय अगाडीको पर्खाल सडक अबरोध हुने गरि निर्माण गरिएकोमा पत्रकारले सो वाल पनि भत्काउनु पर्छभन्ने जनताको माग रहेको विषयमा समाचार लेख्दा पत्रकारलाई तत्कालिन इलाका प्रहरी कार्यालयका इन्चार्ज इस्कपेक्टर
(प्रहरी निरिक्षक)सुरेन्द्र सिटौलाले पत्रकारलाई प्रहरीको वाल भत्काउनु पर्छ भन्ने तँ को हो भन्दै ७ घण्टा प्रहरी हिरासतमा राखेका थिए । आम संचारमा ठूलो दवाव आए पछि मात्र सो पर्खाल सारिएको थियो । हालको अवस्थामा पनि सडक अबरोध हुने गरि बनाइएको इलाका प्रहरी कार्यालय अगाडीको सेड , पुष्पबाटीका हटाउनु पर्छ भनेर कलम चालाउने पत्रकारलाई प्रहरी हिरासतमा राख्नै पर्ने अवस्था आए पछि मात्र अबरोध हटाइने हो वा सहज रुपमा हटाइन्छ इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी शिव कुमार श्रेष्ठलाई जनताले नियाली रहेकाछन् । इहटरी उपमहानगरपालिकाले कम्तिमा इटहरीको मुख्य चौकमा रहेको अबरोधलाई विना भेदभाव हटाउने हो भने सडक सुन्दर सफा देखिने छ । र जनताले इटहरी उपमहानपालाई विस्वास गर्ने छन् र अन्यत्र पनि यसरी सडक अबरोध गरेर बनेका संरचनाहरु सहज रुपमा हट्ने छन् अर्थात हटाउन सजिलो हुने छ । सडक अबरोध गरि राखिएका सामग्रीहरु तथा टहरा, ढिस्को आदी हटाउनेकार्य हेर्दा सानो भन्दा सानो देखिने तर त्यसको असर ठूलो हुने धेरै कुराहरु छन् । जस्तो इटहरी मुख्य चौकको उत्तर पश्चिम कुनामा रहेको अबरोध जहाँ प्रहरीको अस्थाई विट रहेको छ सो अबरोध हटाएर त्यस ठाउँलाई पार्किङ स्थल वा सार्वजनिक शौचालय निर्माण गर्न सकिन्छ । त्यस्ते गरेर पञ्चकन्या हार्डवेयर अगाडीको ढीस्को, पेरीस होटल आगाडी राखिएको जेनरेटर, ओमसाईमनकामना आरोग्य केन्द्र अगाडी राखिएको जेनरेटर, यामाहा शोरुम आगाडीको ढीस्को, एभरेष्ट प्लाजा अगाडीको क्षेत्रीय ट्राफिकले राखेको हर्न निशेधित क्षेत्र लेखिएको बोर्ड, श्री कम्प्लेक्स अगाडीको ढीस्को, नमस्ते तालिम केन्द्र अगाडीको ढिस्को, इन्टरनेशनल म्यान पावर अगाडीको ढीस्को । त्यसै गरि ग्लोबल आइएमई भएको घर अगाडी राखिएको जेनरेटर आदीले सडक अबरोध भएको पाइन्छ । सडकमा घर धनीले आप्mनो सुविधा हेरेर कही अग्लो ठाउँ बनाइएको छ कही गहिरो ठाउँ छ त्यस्तो होचो अग्लो ठाउँ पनि सडकको अबरोध नै हो त्यसलाई पनि उपमहानरपालिकाले कति समम अग्लो बनाउन पाउने एउटा मापदण्ड दिएर अग्लो बनाउन दिन र होचो भएको ठाउँ सबै इटहरी उपमहानरपालिकाले माटो गिटी आदी पुरेर सम्म बनाउने कार्य गरिनु पर्छ । सडकमा कही कतै पनि अवस्था र परिस्थिति बाहेक उबड खाबड हुनु भएन । बुढी खोला देखि टेङ्ग्रा खोला सम्म सडक अबरोध हटाइएको अवस्थालाई हेर्दा रुख विरुवा पनि हटाइएको अवस्था छ , शहरको हरियाली तथा वातावरणलाई ध्यान मा राख्दा रुख तथा बोट विरुवा हटाउनु राम्रो होइन यसमा पनि नगरपालिकाले ठाउँ तोकिदिएर निश्चित ठाउँमा निश्चत जातका बोट विरुवा रोप्न अनुमति दिनु पर्छ तर जथाभावी बोट विरुवा रोपेर , पुष्पबाटिका बनाएर सडकलाई अबरोध पार्नु हुँदैन । पुराना झाँगिएका रुखहरु हटाउने भए सबै हटाएर सडकको पेटीमा के कस्ता विरुवा लाउनु उपयुक्त हुन्छ त्यस प्रकृतिका बोट विरुवा रोप्नु पर्छ । इटहरी उमहानगरपालिकाले वर्षेनी बृक्षारोपणमा ठूलो धन रासी खर्च गर्ने गरेको छ । तर कुन ठाउँमा कस्ता विरुवा रोप्ने र रोपएका विरुवाको रेखदेख कस्ले गर्ने भन्ने जिम्मेवारी नतोकिदा बृक्षा रोपणमा खर्च भएको बजेट बालुवामा पानी हाले सरह भएको छ । आगामी दिनमा यस्तो हुनु भएन , सागुँरो सडकमा गमलामा मात्र विरुवा रोप्नेअनुमति दिइनु पर्छ । फराकिला सडकमा कुन जातको कस्ता विरुवा कतिको दुरीमा सडकको केन्द्रबीन्दुबाट कति छाडेर रोप्नु पर्ने हो त्यस अनुसार रोपिनु पर्छ । आज विरुवा रोप्ने नाममा लाखौ खर्च गर्ने अनि ३ वर्ष पछि विरुवा उखाल्न तथा हटाउन पनि लाखौ खर्च गर्ने कार्य गर्नु भएन । जनताले खाइ नखाई तिरेको करबो सत प्रतिसत सदुपयोग गर्नु पर्छ । विगतमा इटहरीको चौकको हरियाली खुल्ला सडक हेरर अन्य शहरहरुले पनि इटहरीको सिको सीके जसले गार्दा हाल अन्य शहरहरु व्यवस्थीत भएकाछन् इटहरीमा भने सडकको अबरोध हटाउन वर्षेनी बजेट छुट्याईनु पर्छ । इटहरी उपमहानगरपालिकामा नगर प्रहरीहरु रहेकाछन् ती नगरप्रहरीले सके दैनिक रुपमा नसके साप्ताहिक रुपमा सडक अबरोध गरि बनाइएका तथा राखिएका टहरा, घुम्ती आदी तत्काल निर्माण गर्न रोक्नु पर्छ नगरप्रहरीलाई अटेर गरेमा नेपाल प्रहरीकोसहयोग लिनु पर्छ । शुरुमा नै सडक अबरोध हुने गरि टहरा तथा अन्य संरचनाहरु निर्माण गर्न दिइनु हुँदैन । सडकको अबरोध हटाउँदै गर्दा इलाका प्रहरी कार्यालय इटहरीलाई ठाउँ अत्यन्तै सागुरो भएको छ भन्ने सबैलाई ज्ञात हुनेनै छ । उपमहानगरपालिका संग जोडिएर रहेको इलाका प्रहरीकार्यालयको अवस्थाका बारेमा मेयर द्वारिकलाल चौधरीलाई राम्ररी ज्ञात हुनु पर्ने हो । र सडकको अबरोध हटाउने क्रममा नै तत्काल इटहरी उपमहानगरपालिकाले सार्वजनिक जग्गाको खोजी गरि वा कुनै उपयुक्त स्थानमा जग्गा खरिद गरेर भए पनि इलाका प्रहरी कार्यालयलाई कम्तिमा १५ कट्ठा जग्गा जोहो गरिनु पर्छ । जग्गाको जोहो गरेर चाँडो भन्दा चाँडो इलाका प्रहरी कार्यालय सारीनु पर्छ र हाल रहेको प्रहरी कार्यालयलाई वडा कार्यालय बनाइनु पर्छ । इटहरी उपमहानगरपालिकामा रहेको इलाका प्रहरीलाई जग्गा उपलब्ध गराउने दायित्व इटहरी उपमहानगरपालिकाको हो यसका लागि इटहरी उपमहानगरपालिकाले चाँडो भन्दा चाँडो जग्गाको व्यवस्था मिलाउनु पर्ने हुन्छ । इटहरी उपमहानगरपालिकाले यस अघि कर्मचारी खटाएर सार्वजनिक जग्गाको खोजी गरेको थियो कर्मचारीले दिएको रिपोर्ट अनुसार सार्वजनिक जग्गाहरु इटहरी उपमहानगरपालिका भित्र धेरै छन् । इटहरी उपमहानगरपालिकाले ती सार्वजनिक जग्गाहरुको खोजी गर्नु पर्छ सार्वजनिक जग्गा इटहरी उपमहानगरपालिकाको स्वामित्वमा राख्नु पर्छ कसैलाई हडप्न दिने होइन । इटहरी उपमहानगरपालिका भित्रका सबै सार्वजनिक जग्गा , मठ मन्दीर आदीका जग्गाहरु खोजी गरेर खोलाको बगरलाई समेत इटहरी उपमहानगरपालिकाले व्यवस्थित ढंगले राख्नु पर्छ । तीनै सार्वजनिक जग्गामा प्रकृया मिलाएर इलाका प्रहरी कार्यालय इटहरीको भवन निर्माणको व्यवस्था मिलाउन आवस्यक देखिन्छ । अब इटहरी शहर ठूलो भै सक्यो र अझै इटहरीको जनसंख्या दु्रत गतिमा बृद्धि भएको पाइन्छ । यस अर्थमा भोलीको दिनमा पार्क बनाउन, प्रहरी पोष्ट बनाउन, शार्वजनिक शौचालय बनाउन, नगरलाई हराभरा बनाउन बृक्षारोपण गर्न , संग्रहालय , सेमिनारहल,गाडी पार्किङ स्थल बनाउन तथा बदलिदो सयम संगै जनतालाई आवस्यक पर्ने सेवा सुविधाहरु उपलब्ध गराउन त्यस्ता शार्वजनिक जग्गाहरु आवस्यक पर्ने छ । हिजोका दिनमा सार्वजनिक जग्गा जहाँ जसरी मानिसहरुले अतिक्रमण गरे वा कब्जा गरे कम्तिमा अबका दिनमा इटहरी उपमहानगरपालिकाले सार्वजनिक जग्गाको खोजी गरि त्यस्ता सार्वजनिक जग्गा सुरक्षित राखिनु पर्छ । अहिलेको टढ्कारो अवस्था भनेको इलाका प्रहरी कार्यालयलाई कम्तिमा पनि १५ कट्ठा जग्गाको खोजी गरि सो स्थानमा इलाका प्रहरी कार्यालय सारीनु पर्ने छ ।

शालिग्राम पाण्डे

Leave a Reply

Your email address will not be published. Required fields are marked *