वृक्षरोपण तथा घेरावेरा कार्यक्रम सम्पन्न

वुढिगंगा÷मोरङ्गको वुढिगंगा गाउँपालिका वडा नं. ६ शूक्चरमा शनिवार, शूक्चर स्काई क्लव वुढिगंगा ६ को आयोजना तथा शूक्चर सामुदायिक वन उपभोक्ता समुह वुढिगंगा ६ को सहकार्यमा वृक्षरोपण तथा घेरावेरा कार्यक्रम सम्पन्न भएको छ ।
सामुदायिक सेवा सिकाई परियोजना अन्तर्गत भएको कार्यक्रमको अध्यक्षता सामुदायिक वन उपभोक्ता समूहका सचिव वुधसेन चौधरी थारु मोदी रहेका थिए । भने कार्यक्रमको प्रमुख अतिथि वुढिगंगा गाउँपालिकाकी उपाध्यक्ष अमृता गच्छाद्धारको प्रमुख आथित्यमा भएको थियो । त्यस्तै अतिथिहरुमा मोरङ्ग जिल्ला एम.डि.एम.एस का अध्यक्ष विनोद चौधरी, स्काईकोच मित्र बहादुर राई लगायत अन्य रहेका थिए । कार्यक्रममा शूक्चर सामुदायिक वनको करिव ५ विगा जति रहेको जग्गामा थप वृक्षरोपण कार्यक्रम प्रमुख अतिथिद्वारा विरुवा रोपेर कार्यक्रमको उद्धघाटन भएको थियो । कार्यक्रममा जम्मा २५० टिक र २५० मसलाको विरुवा रोपिएको थियो भने उक्त विरुवा संरक्षणका लागि तार जालि घेरवेरा समेत गरिएको थियो । कार्यक्रममा स्काई क्लव तथा सामुदायिक वन समूहलाई धन्यवाद दिँदै प्रमुख अतिथि गच्छाद्धारले भनिन यसरी विरुवा रोपण गरि बनजंगल बढाउनु भनेको वातावरण संरक्षण तथा मानिसहरुको जीवनको मुल आयआर्जन गर्नु हो भन्दै शुभकामना मन्तव्य राखेकी थिईन ।
कार्यक्रममा अतिथि विनोद चौधरी स्काईकोच मित्रबहादुर राई लगायत अन्य अतिथिहरुले समेत वृृक्षरोपण गर्नु राम्रो काम भएको भन्दै शुभकामना दिएका थिए । कार्यक्रमको संचालन स्काईक्लवकी लिडर रमला तिम्सिनाले गरेकी थिईन ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *