महिला बचत–बीसौ साधारणसभा

इटहरी÷सहकारी सम्वन्धि गतिविधिमा छुट्टै प्हिचान बनाउने सफलता सहित महिलाहरुलाई आत्मनिर्भर तुल्याउने सफल सहकारीका रुपमा पूर्वी नपालमा नै इतिहाँस बनाउन सफल महिला बचत तथा ऋण सहकारी संस्थाले आ आफ्नो स्थापनाको बीसौ बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
महिलाहरुद्धारा ब्यवस्थापन गरि उत्कृष्ट सहकारी आन्दोलनको उच्च सफलता प्राप्त गर्दै निरन्तर रुपमा पुरस्कृत समेत हुँदै आएको यस महिला बचत तथा ऋण सहकारी संस्थाले बीसौ बार्षिक साधारणसभासम्म आई पुग्दा झण्डै ४० करोड बढिको आर्थिक कारोवार समेत गर्ने सफलता प्राप्त गरेको छ । प्रदेश एकका उपसभामुख सरस्वती पोख्रेलको प्रमुख आतिथ्यतामा भएको उक्त साधारणसभामा प्रदेश साँसदहरु सर्वध्वज सावाँ लिलम बस्नेत, नेप्स्कुनकी केन्द्रीय सदस्य गोमा नेपाल बचत तथा ऋण सहकारी संस्था सुनसरीका अध्यक्ष शिवराज श्रेष्ठ लगायतले महिला बचत तथा अण सहकारीले छोटो अवधिमा प्राप्त गरेको सफलताका विषयमा खुलेर प्रशंसा गर्नुभयो ।
उक्त कार्यक्रमा संस्थाकी अध्यक्ष अमृता सुब्बाले ५ हजारभन्दा बढि शेयर सदस्य रहेको महिला बचत तथा ऋण सहकारी संस्थाले बर्षभरिमा सामाजिक क्रियाकलाप अन्तर्गत जेष्ठ नागरिक सम्मान तथा अन्य दर्जनौ कार्यक्रम मार्फत गतिलो सामाजिक कार्य समेत सम्पादन गर्दै आएको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *