तीज विशेषमा सञ्चारकर्मी सम्मानित

इटहरी÷लोकतन्त्र र न्यायका लागि आम समुह सुनसरीले शुक्रवार सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिकाको तरहरामा तीज विशेष कार्यक्रम सम्पन्न गर्दै महिलामाथि हुने आपराधिक क्रियाकलाप रोक्नका लागि सकारात्मक सन्देश प्रवाहमा जोड दिनु पर्ने आवश्यकता औल्याएको छ ।
महिलामाथि हुने जुनसुकै अपराध वा विभेद आफैमा उचित नभएकाले त्यसमा सुधार ल्याउनका लागि राज्यले समेत ठोस नीति लिन जरुरी रहेको छ भन्ने कुरामा जोड दिनुहुँदै वक्ताहरुले महिलाहरु समेतले त्यसको जरो कुरा पत्ता लगाउनेतिर पनि केन्द्रित हुनु पर्दछ भन्नुभएको छ । इटहरी उपमहानगरपालिकाका उम मेयर लक्ष्मी गौतमको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा वक्ताहरुले सामाजिक कुरितिका रुपमा रहेको तडकभडक पनि महिला हिँसा हुने कारक बन्दै गएको तर्फ सचेत हुनपर्दछ भन्ने औल्याईएको छ ।
उक्त समारोहमा लामो समयदखि महिला हिँसा वा विभेद विरुद्ध शसक्त कलम चलाउँदै महिलामाथि हुने कुरिति विरुद्ध आवाज उठाउँदै आउनु भएका अग्रज पत्रकारहरु याम प्रधान नेपाल टेलिभिजनका प्रतिनिधि कृष्ण भट्टराइ सप्तकोशी एफएफका समाचार सम्पादक लिलाराज भट्टराई र ब्लाष्ट टाईम्सका तरहरा प्रतिनिधि धनबहादुर पुरीलाई सम्मान गरिएको छ । लोकतन्त्र र न्यायका लागि आमा समुह सुनसरीकी अध्यक्ष कमलकुमारी राईको अध्यक्षतामा भएको उत्तः कार्यक्रममा उपमेयर लक्ष्मी गौतम सम्मानित सञ्चारकर्मी याम प्रधान, राजकुमार राई सञ्जिव खड्का, सूर्यकुमार राई कमला खड्का बसन्तकुमार श्रेष्ठ टेकबहादुर बन तथा तरहराका अगुवाहरुले महिला हिँसा विरुद्ध शसक्त हुन आ आफ्नो धारणा राख्नुभएको थियो ।
त्यस समारोहमा लोकतन्त्र र न्यायका लागि आमा समुहले तीज विशेष समारोहमा उपस्थित सम्पूर्ण महिला दिदी बहिनीहरुलाई तीज पर्वको अवसरमा किठो परिकार खुवाएर नेपाली परम्परालाई जीवन्तता प्रदान गरिएको थियो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *