नागी डान्स सेन्टर–तीज तृत्य प्रतियोगिता सम्पन्न

इटहरी÷नाँगी डान्स सेन्टर इटहरीले हिन्दु नारीहरुको तीज विशेष कार्यक्रमलाई मनोरञ्जनात्मक तुल्याउने हिसावले इटहरीमा सुनसरी जिल्लास्तरीय गृहणी महिलाहरुको तीज नृत्य प्रतियोगिता सम्पन्न गरेको छ ।
तीज पर्वलाई उत्सवका रुपमा उल्लासमय ढङ्गले मनाउँदै एक आपसमा अझ कलात्मक शैलीमा जीवन्त राख्नका लागि नाँगी डान्स सेन्टर इटहरीले यो पटक सुनसरी जिल्लास्तरी महिला नृत्य प्रतियोगिता सम्पन्न गरेर महिलाहरुमा तीजको अझ बढि महत्व छ भन्ने सन्देश दिने कार्यक्रम गरेको छ । इटहरी उपमहानगरपालिकाको उप–मेयर लक्ष्मी गौतमको प्रमुख आतिथ्यता भएको उक्त सुनसरी जिल्लास्तरीय तीज नृत्य प्रतियोगितामा जिल्लाका विभिन्न क्षेत्रका महिला नृत्य कलाकार महिलाहरुले भाग दिनुभएको थियो ।
तीज नृत्य प्रतियोगितामा विजयी घोषित हुनु भएका गृहणी महिला कलारकारहरुलाई नागी डान्स सेन्टरले विशेष उपमहार सहित नगद एवम अन्य आकर्षक पुरस्कारहरु समेत प्रदान गरेर महिलाहरुमा उत्साह थप्ने कार्य गरिएको थियो । त्यसैगरी नृत्यमा उत्कष्ट र सफल भएको पतिस्पर्धीसँगै विभिन्न पाँच विधाका अन्य विजेतहरुलाई समेत नागी डान्स सेन्टरले अन्य आकर्षक पुरस्कार एवम उपहार प्रदान गरेर हौसलासँगथै महिलाहरुमा उर्जा दिने कार्य समृेत गरेको छ । नागी डान्स सेन्टरको अध्यक्ष दुर्गा न्यौपानेका अध्यक्षतामा भएको उक्त कार्यक्रममा दीपा राईले नृ्त्य प्रतियोगिताका विषयमा प्रकाश पार्नुभएको थियो । साथै सो अवसरमा नृत्य प्रतियोगिवतामा नन्दा राई र रेश्मा बान्तवाले नृत्य प्रतियोगिता निर्णायको भूमिका निर्वाह गर्नुभएको थियो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *