बहुआयामिक व्यक्तित्व प्रवीण आचार्य नामक पुस्तक विमोचन

इटहरी÷कृष्णाजन्माष्टमीको पावन अवसरमा कृष्णा प्रणामी मन्दिर मुक्तिधाम, इटहरीमा भव्यरुपमा प्रवीण(माधुरी सेवा प्रतिष्ठान इटहरीबाट प्रकाशित तथा लेखक देवीप्रसाद आचार्यद्वारा लिखित ‘बहुआयामिक व्यक्तित्व प्रवीण आचार्यु नामक जीवनपरक पुस्तक विमोचन भयो ।
उक्त पुस्तक प्रमुख अतिथि माननीय सर्वध्वज साँवा र विशिष्ट अतिथिप्रा.डा टंकप्रसाद न्यौपानेद्वारा संयुक्तरुपमा लोकार्पण गरिएको थियो । अत्यन्तै पढ्न योग्य, प्रेरणामूलक, शिक्षामूलक पुस्तक रहेको विमोचन कार्यक्रममा उपस्थित वक्ताहरुले बताएका थिए । उक्त कार्यक्रममा पूर्वका स्थापित साहित्यकार, बुद्धिजीवी, समाजसेवीहरुको सहभागिता रहेको थियो । साहित्यिक पुस्तक विमोचन समारोह सहभागिहरुले उक्त पुस्तक रुचीपूर्वक पढेका थिए । प्रवीण आचार्य भारतीय सेनाका कमाण्डर हुँदै नेपालका वरिष्ठ राष्टूसेवक, ईन्जिनियर, निर्माण व्यवसायी, समाजसेवी, धार्मिक अभियन्ता आदि भएकाकारणले पनि उनको समाजमा छुट्टै पहिचान भएकाले पनि विमोचन समारोहमा सामाजिक क्षेत्रका बिभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम प्रवीण–माधुरी सेवा प्रतिष्ठानले आयोजना गरेको थियो भने कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष देवीप्रसाद आचार्यले गरेका थिए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *