उपचार केन्द्रको माग

झापा / कचनकवल गाउँपालिकामा विद्यार्थीले सर्पदंश उपचार केन्द्रको माग गरेका छन् । सर्पदंशका कारण वर्षेनी धेरैले ज्यान गुमाउन थालेको भन्दै उनीहरूले उपचार केन्द्रको माग गरेका हुन् ।

सोमबार यहाँका ६ विद्यालयका करीब सात सय विद्यार्थीले उपचार केन्द्रको माग गर्दै गाउँपालिकाका अध्यक्ष अञ्जार आलमलाई ज्ञापनपत्र बुझाएका छन् । सर्पदंशबाट दुई महिनायता तीन बालबालिकाले ज्यान गुमाएका छन् ।

गाउँपालिकाका अध्यक्ष आलमले उपचार केन्द्रका लागि रु २० लाख बजेट विनियोजन गरिएको बताउनुभयो । “चाँडै सर्पदंश उपचार केन्द्र स्थापना हुन्छ,” उहाँले भन्नुभयो । जिल्लामा चारआली, सुरुङ्गा र दमकमा मात्र सर्पदंश उपचार केन्द्र छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *