सिंगापुरलाई नेपालले ४ विकेटले हरायो, छनोट सम्भावना जिवितै

मलेसियामा जारी एसिसि एसिया कप छनोटमा नेपालले सिंगापुरलाई ४ विकेटले हराउँदै दोस्रो जित निकालेको छ। सिंगापुरले दिएको १५५ रनको लक्ष्य नेपालले ६ विकेट गुमाउँदै २८.१ ओभरमा पुरा गरेको हो।

नेपालका लागि अनिल कुमार साहले सर्वाधिक ४३ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले ३३ रन बनाए।

यस्तै नेपालका लागि ज्ञानेन्द्र मल्लले २९ तथा कप्तान पारस खड्काले ११ रन बनाए। ओपनर सुबास खकुरेलले १४ रन बनाए।

एसिया कप छनोटको सम्भावना जिवितै राखेको नेपालले अब अन्तिम खेलमा हङहङलाई हराएर अर्काको खेलमा भरपर्नुपर्नेछ

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *